22.9 C
Damauli
October 8, 2026
Tanahun Awaj
Uncategorized

नेपाली काँग्रेस विशेष अधिवेशन आयोजक समितिले कार्यालय खोल्यो

दमौली/नेतृत्वको असक्षमताका कारण हरेक निर्वाचनमा नराम्रो पराजय भोगेको नेपाली काँग्रेसलाई सवल नेतृत्व दिन विशेष अधिवेशनको आव्हान गरेको नेपाली काग्रेस समूहले सोमबार दमौलीमा छुट्टै कार्यालयको उद्घाटन गरेर राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाएको छ ।

आत्म स्वाभिमानको रक्षाको लागि राणा शासन, पञ्चायती व्यवस्था समेतको विरुद्ध लडेको नेपाली काँग्रेसका कार्यकर्ताहरु आफ्नै पार्टी भित्र आफ्नो आत्म स्वाभिमानको रक्षार्थ विशेष अधिवेशनको आव्हान गर्ने अवस्थामा पुगेका हुन् ।

नेपाली काँग्रेस विशेष अधिवेशन आयोजक समितिका सभापति डिल्लीराम अधिकारीको सभापतित्वमा भएको सो कार्यक्रममा नेपाल महिला संघकी केन्द्रिय सदस्य चिनु पोख्रेल, विशेष अधिवेशन आयोजक प्रचार प्रसार समितिका संयोजक विनोद खनाल, आर्थिक संयोजक रामदेव पन्थ, सहिद सरस्वतीकृष्ण पुत्र भरतकुमार श्रेष्ठ लगायतले सम्बोधन गरेका थिए ।

सचिव परशुराम गिरीले सञ्चालन गरेको कार्यक्रममा सहभागिहरुलाई उपसंयोजक ऋषिराम पोख्रेलले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

Related posts

संघर्षको प्रतिफल ओरालोतर्फ लाग्यो

admin

मंगलादेवी स्मृति दिवस-महिला प्रतिनिधित्व खोज्दै कांग्रेस

admin

सामुदायिक विद्यालयका शिक्षकःसम्मान पाउने कसरी ?

admin