26.3 C
Damauli
October 7, 2026
Tanahun Awaj
Uncategorized

सत्यवतीमा अन्तरक्रिया कार्यक्रम

दमौली/दमौली स्थित सत्यवती माविमा मंगलबार रोल्पा जिल्ला रोल्पा नगरपालिकाको आयोजनामा गरिएको शैक्षिक अवलोकन भ्रमणको सिलसिलामा आएका भ्रमण समुहविच अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । रोल्पा नगरपालिकाका उपप्रमुख मनकुमारी घर्तीको नेतृत्वमा आएको उक्त समुहमा, प्रशासकीय अधिकृत, स्रोतव्यक्ति, प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीहरुकोे सहभागिता रहेको थियो । उत्कृष्ट शैक्षिक उपलब्धी प्राप्त गर्ने शैक्षिक संस्थाहरुको अवलोकन भ्रमणका लागी उक्त समुह सत्यवतीमा आएको हो । शैक्षिक गुणस्तर वृद्धिगर्न के कस्ता विधि तथा तौरतरिका अवलम्बन गर्न सकिन्छ भन्ने विषयमा बहस गरिएको उक्त कार्यक्रममा दुवै विद्यालयको आर्थिक, प्रसाशनिक, शैक्षिक, नमुना विद्यालय एवं भौतिक विषयमा छलफल गरिएको थियो । साथै उक्त समुहले सत्यवती मा.वि.को कम्प्युटर ल्याव, पुस्तकालय, विज्ञान तथा इन्जिनियरिङका ल्याव, लेखा तथा प्रसाशन साखाको अवलोकन गरेका थिए ।

कार्यक्रमको अध्यक्षता गर्दै सत्यवती माविका विव्यस अध्यक्ष सूर्य अधिकारीले समग्र व्यवस्थापकीय पक्षका बारेमा जानकारी गराउदै शिक्षक, विद्यार्थी, अभिभावक तथा समुदायको लगावका कारण विद्यालय यस स्थानमा आइपुगेको बताए । प्रधानाध्यपक इन्द्र प्रसाद पौडेलले शैक्षिक एवं प्रसाशनिक गतिविधी जानकारी गराउदै सहजीकरण गरेको उक्त कार्यक्रममा शिक्षक अभिभावक संघ अध्यक्ष रामचन्द्र सापकोटा, विव्यस सदस्य सन्तमान श्रेष्ठ, सुरेश वाग्ले, सहायक प्रधानाध्यापक अनिल श्रेष्ठ, प्रशासन सहायक हरिश्चन्द्र कोइराला लगायतको सहभगिता रहेको थियो ।

Related posts

अन्तर्राष्ट्रिय श्रमिक दिवसः एक विश्लेषण

admin

आवश्यकताले भन्दा पनि लहडमा खर्च

admin

द्वन्द्व पिडितलाई छात्रबृत्ति

admin