23.3 C
Damauli
September 15, 2026
Tanahun Awaj
Uncategorized

लैगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत ¥याली तथा सभाको आयोजना

दमौली/लैगिंक हिंसा विरुद्धको १६ दिने अभियानको १३ औं दिन शुक्रबार दमौलीमा सचेतनामुलक ¥याली तथा सभाको आयोजना गरिएको छ । “लैगिंक हिंसा अन्त्य गर”, “लैंगिक हिंसा तथा दुव्र्यवहार छैन हामीलाई स्विकार” लगायतका नारा लखिएको प्लेकार्ड सहित तनहुँका जनप्रतिनिधिहरु, नेपाल रेडक्रस सोसाइटी तनहुँ शाखाका प्रतिनिधि, आमासमुह, विद्यार्थीले दमौली बजार परिक्रमा गरि अनसन चौतारीमा सभा गरिएको थियो ।

¥यालीमा नेपाल मानव अधिकार संगठन तनहुँको व्यानरमा आदिकवि भानुभक्त क्याम्पसका विद्यार्थीहरु सहभागि थिए । –फोटो तआसा

लैंगिक हिंसा विरुद्धको व्यानरमा हस्ताक्षर गरेर कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी गण्डकी प्रदेशका सांसद डोबाटे विकले लैंगिक हिंसामा संलग्नलाई कानुनको दायरामा ल्याउनु सबैको कर्तव्य तथा जिम्मेवारी रहेको भन्दै समाजमा लैंगिक हिंसा विरुद्धको सचेतना फैलाउन जोड दिएका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख शान्तिरमण वाग्लेले लैंगिक हिंसाको कारण अशिक्षा भएको भन्दै लैंगिक हिंसा अन्त्य गर्ने जिम्मेवारी सबैको काँधमा रहेको बताए । व्यानपा प्रमुख वैकुण्ठ न्यौपानेले लैंगिक हिंसाविरुद्धको कार्यक्रम सकारात्मक भएकोले सबै यसमा लाग्नुपर्ने बताएका थिए । मानव अधिकार संगठनका अध्यक्ष कल्पना लम्सालले लैंगिक हिंसा सोचमा छ भने कुनै पनि कागजमा लेखेर त्यसको अन्त्य नहुने भन्दै व्यक्तिको सोचमा परिवर्तन ल्याउनु पर्ने बताइन् ।

सोही अवसरमा पहिला लैगिंक हिंसा रहे पनि अहिले मिलेर बसेको म्याग्दे ६का एक दम्पति कमल कुँवर र दिपा कुँवरलाई सम्मान गरिएको थियो । त्यस्तै लैंगिक हिंसा सहेकी हाल सिलाइ कटाइबाट जिविकोपार्जन गर्दै आएकी पार्वति श्रेष्ठलाई मादीगंगा बहुउद्देश्यीय सहकारीले रु १५ हजार सहयोग गरेको थियो । कार्यक्रममा व्यास १० स्थित सर्वज्योति माविका विद्यार्थीहरुले लैंगिक हिंसा विरुद्ध सचेतनामुलक नृत्य प्रस्तुत गर्दै निर्मला पन्तको लागि न्यायको अपिल समेत गरेका थिए ।

जिल्ला समन्वय समितीका उपप्रमुख पवित्रा पौडेलको सभापतित्वमा भएको कार्यक्रममा व्यानपाका उपप्रमुख मिरा जोशी, प्रमुख जिल्ला अधिकारी भारतकुमार शर्मा, नेपाली कांग्रेसका कार्यवाहक सभापति जितप्रकाश आले, जिल्ला प्रहरी कार्यालयका उपनिरीक्षक शिद्धि विक्रम शाह, अन्तरपाटी महिला सञ्जालकी अध्यक्ष कल्पना पौडेल लगायतले बोलेका थिए ।

Related posts

अल्ट्राम्याराथनमा सुमन कुलुङ प्रथम

admin

राजा र नेपाली काँग्रेस (वि.पि.) बीच छलफल

admin

सिमसार र पानीः सुखी बनाउ“छ हाम्रो जिन्दगानी

admin