28.6 C
Damauli
October 8, 2026
Tanahun Awaj
Uncategorized

सिद्धेश्वरीमा डिसु नेपालको अनुशिक्षण

कमलबारी/जिल्ला सुधारका लागि सामाजिक उत्थान (डिसु) नेपाल र पोखरा डेजको संयुक्त आयोजनामा व्यास १२ स्थित सिद्धेश्वरी माविमा महिनावारी व्यवस्थापन र सेनेटरी प्याडको प्रयोग सम्वन्धमा एक दिने अनुशिक्षण सम्पन्न भएको छ ।

शुक्रबार विद्यालयमा आयोजित अनुशिक्षणमा सहभागि कक्षा ७, ८, ९ र १० का ८० जना छात्राहरुलाई पोखरा डिजेद्वारा निर्मित पुनः प्रयोग गर्न मिल्ने खालका सेनेटरी प्याड वितरण गरएको थियो । अनुशिक्षणमा महिनावारीका बेला देखिने समस्या र तिनको समाधानका उपाय बारेमा बताइएको सहभागि छात्राहरुले बताए । महिनावारी व्यवस्थापनमा समस्या भए आफ्ना अभिभावक वा स्वास्थ्यकर्मीलाई आफ्ना कुरा भनेर समाधानको बाटो खोज्न लजाउन नहुने समेत बताइएको कक्षा ९ की छात्रा इश्वरी अर्जेलले बताईन । अनुशिक्षणका क्रममा वितरण गरिएको प्याड आफुले प्रयोग गरेको र सजिलो तथा सुरक्षित लागेको अर्जेलले बताईन ।

अुनशिक्षणमा सहभागि कक्षा १० का निर्मला थापा, अन्जिना थापा तथा अलिना थापाले एक स्वरमा भने हामीलाई अनुशिक्षण उपयोगि लाग्यो । बजारमा पाइने एक पटक प्रयोग गरेर फाल्नु पर्ने खालका प्याड महंगो भएको अनुभव गरेका उनीहरुलाई त्यहाँ वितरण गरिएको प्याड धोएर पुनः प्रयोग गर्न मिल्ने भएको थाहा पाएर खुसि लागेको छ, भन्छन्ः एकातिर यी प्याडहरु तुलनात्मक रुपमा सस्तो पर्न जान्छ भने वातावरणिय सरसफाइमा पनि यसले सहयोग पु¥याउँछ ।

यस अघि महिनावारी भएका बेला लगाएका भित्रीवस्त्र लाजले कुनै कुनामा लगेर सुकाउने गरेका उनीहरु प्रत्यक्ष घाम पर्ने ठाउँमा सुकाउनु पर्ने कुरा बुझेपछि धाममा सुकाउने आत्मबल पलाएको बताउँछन् । प्रयोगमा सजिलो, सुरक्षित र सस्तो पर्ने भएपछि कक्षा १० की छात्रा कविता नेपाली र कक्षा ९ की छात्रा अस्मिता नेपालीलाई त्यस्ता प्याड बनाउने तरिका सिक्न मन छ । पुनः प्रयोग गर्न मिल्ने खालका यस्ता प्याड बजारमा सहजै उपलब्ध नहुने भएकाले पनि उनीहरुलाई आफै बनाउन सिक्न मन लागेको र आवश्यक पनि भएको दुबैले बताए ।

डिसु नेपालकी अध्यक्ष नोमा थापा र पोखरा डिजेका कोअर्डिनेटर कृष्णहरि पौडेलले अनुशिक्षण गरेको कार्यक्रममा छात्राहरुसंगै रहेका विद्यालयका शिक्षक सुदिप आचार्यले अनुशिक्षण छात्राहरुका लागि उपयोगि भएको बताए । आचार्यका अनुसार यस्ता प्याडको प्रयोगले वातावरणिय सरसफाइमा सहयोग पुग्नुका साथै वचत पनि हुनेछ । अनुशिक्षणमा डिसु नेपालका उपाध्यक्ष दीर्घबहादुर थापाको समेत उपस्थिती रहेको थियो ।

Related posts

किरियापुत्री भवन निर्माणमा सहयोग

admin

असक्षम नेतृत्वले चुनौतिको सामना गर्दैन

admin

शनिवार अधिवेशन

admin