24.7 C
Damauli
September 16, 2026
Tanahun Awaj
Uncategorized

नेपाल रहे धर्म निरपेक्षता रहँदैन

दमौली/नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री तथा वि.पि. विचार समाजका राष्ट्रिय सहअध्यक्ष गोविन्द राज जोशीले धर्म निरपेक्षता र संघीयताले कि त नेपाल रहँदैन, नेपाल रहे संघीयता र धर्म निरपेक्षता नरहने अवस्थामा नेपालको राजनीति अगाडि बढेको बताउनु भएको छ ।

बुधबार वि.पि. समाज तनहुँको बैठकमा सहभागि भएका नेता जोशीले कार्यकर्ताहरुले देशको राजनीति कता जाँदैछ भनि राखेको जिज्ञासामा सो कुरा बताउनु भएको हो । उहाँले ८० प्रतिशत हिुन्दुहरुको नेतृत्व गरेका नेताहरुले धर्म निरपेक्षतालाई समर्थन गर्दा जनउत्तरदायी देखिएन, एजेन्टरी देखियो, भन्नु भयो । अहिले नेपाली जनतामा यो संघीयता नेपालले धान्न सक्दैन भन्ने विचार दह्रोसंग सार्वजनिक हुन थालेको बताउँदै जोशिले हिजो गणतन्त्रका पक्षमा वकालत गर्ने दमनाथ ढुङ्गना, पशुपति सम्सेर राणाहरु आफ्नो विचारमा परिवर्तन गर्न थालेका छन्, भन्नुभयो । माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन गल्ति भएको साँसद अमे्रसकुमार सिंहहरुले बताउन थालेको दृष्टान्त पनि जोशिले कार्यकर्ता माझ दिनुभएको थियो । उहाँले देशको राजनीति गलत दिशामा गएको बेला नेपाली काँग्रेसले बैकल्पिक राजनीतिक शक्तिको अस्तित्व देखाउन नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो । वि.पि. विचार समाजको बैठक पछि नेपाली काँग्रेस तनहुँका सदस्य उत्तम लोहनी तथा विष्णुराज लोहोनीलाई परेको मातृशोकमा समवेदना प्रकट गरेर नेता जोशी बुधबार नै काठमाण्डौ फर्केको वि.पी. विचार समाज तनहुँका कार्यबहाक अध्यक्ष डिल्लीराम अधिकारीले बताउनु भयो ।

Related posts

देउवाको संसदमाथी विश्वास- सरकारलाई बाटो देखाउन सफल हुनेछ

admin

स्थानीय कि सङ्घीय, सुन्ने कस्को ?

admin

सतर्कता अपनाउन व्यास नपाको अनुरोध

admin