22.5 C
Damauli
September 18, 2026
Tanahun Awaj
Uncategorized

चितुवाको आक्रमणबाट बालिकाको मृत्यू

भानु ÷ चितुवाको आक्रमणबाट बिहीबार साँझ भानु –४ जोखाने निवासी चार वर्षीया अस्मिता लम्सालको ज्यान गएको छ । शुक्रबार चितुवाको आक्रमणमा परि ज्यान गुमाएकी लम्सालको परिवारलाई राहत स्वरुप पचास हजार रुपैयाँ डिभिजन कार्यालय तनहुँले तत्काल उपलब्ध गराएको छ । घटनाको पर्सिपल्ट शनिबार विहान भानु –२ को थप्रेक डाँडामा चितुवाले आक्रमण गरि स्थानिय सात वर्षिय सञ्जन नेपालीलाई घाइते बनायो । तनहँुको भानु नगरपालिकाको वडा नं. २, ३ र ४ को मानववस्तीमा चितुवाले मानिसलाई पटकपटक आक्रमण गर्न थालेपछि स्थानिय त्रसित भएका छन् । जिल्ला प्रशासन कार्यालय र डिभिजन वन कार्यलय तनहुँले चितुवा नियन्त्रणको लागि दश ÷ दश जना सशस्त्र र नेपाल प्रहरी परिचालन गरेको छ ।

Related posts

नेपाल तरुण दल रिसिङको प्रथम अधिवेशन बुद्दिमान सर्वसम्मत निर्वाचित

admin

आगलागीबाट एकको मृत्यु

admin

लेखापढी कानून व्यवसायीमा हरिविलाश

admin