28.3 C
Damauli
October 6, 2026
Tanahun Awaj
Uncategorized

श्रीपेचवाला राजा ल्याउन खोजेको मंगोल अर्गनाईजेशनको आरोप

दमौली/मंगोल नेश्नल अर्गनाईजेशनले ठूला राजनीतिक दलहरुले श्रीपेजवाला राजा ल्याउन खोजेको आरोप लगाएको छ । मंगलबार दमौलीमा आयोजित प्रदेशस्तरीय ऐतिहासिक नाउँ दिइएको भेलामा बोल्ने बक्ताहरुले टोपीवाला राजाले राज्यसत्ता चलाउन नसकेर श्रीपेचवाला राजा ल्याउन खोजेका छन्, त्यो सम्भव छैन भनेका छन् ।

हामी विना मंगोलका छोरा बोलको गीतबाट शुरु भएको सभा हुनु अगाडि प्लेकार्ड सहितको जुलुसले व्यास नगर दमौली बजार क्षेत्रको परिक्रमा गरेको थियो । हातहातमा लिइएको प्लेकार्डमा संविधानमा मूल आदीवासी मंगोल लेख, बाहुन क्षेत्री आदीवासी हुन्, मुलुकवासी मंगोलप्रतिको दृष्ट नीति बन्द गर जस्ता नारा लेखिएको थियो ।

दमौली आयोजित गण्डकी प्रदेशस्तरीय भेलालाई मंगोल नेश्नल अर्गनाईजेशनका केन्द्रिय सचिव थमन बुढामगर, प्रचार सचिव मनिपापो लिब्बु, प्रदेश अध्यक्ष नविन गुरुङ, भाष्कर चामलिङराई, प्रविना थापामगर अनिता थापा समेतका वक्ताहरुले सम्बोधन गरेका थिए । कार्यक्रममा बीच बीचमा सांगितिक तथा नृत्यको मनोरञ्जन समेत दिइएको थियो ।

Related posts

शनिवार काँग्रेस भेला

admin

संस्कृतिको जगेर्ना

admin

त्यो मीठो सुन्तला

admin