28.6 C
Damauli
October 8, 2026
Tanahun Awaj
Uncategorized

डुम्रेका फुटपाथ पसल हटाइए

डुम्रे/सवारी आवागमन तथा पैदलयात्रु आवागमनमा अवरोध भएको भन्दै बन्दीपुर गाउँ पालिकाले डुम्रेको फुटपाथमा अव्यवस्थित रुपमा रहेका पसलहरु मंगलबार हटाएको छ । गाउँ पालिका, तनहुँ उद्योग वाणिज्य संघ डुम्रे बजार एकाई र सुरक्षा निकायको संयुक्त टोलीले मंगलबार गाउँ पालिकाको वडा नं १ र ४ मा रहेका फुटपाथ पसलहरु हटाएको हो । आफुहरुले फुटपाथ व्यापारीलाई वारम्वार पसल हटाउन आग्रह गरेको तर अटेरी गरेका कारण सुरक्षा कर्मी समेतको सहयोगमा पसल हटाउनु परेको गाउँ पालिकाले जनाएको छ । फुटपाथका व्यवसायी भने आफुहरुलाई विकल्प दिएर मात्र हटाउनु पर्ने भन्दै विरोधमा उत्रेका थिए ।

Related posts

ने.का.वी.पी.को चियापान

admin

पन्ध्र बर्षको अनुभवबाट सिक्दै चौथो पञ्चबर्षिय योजना

admin

जग्गा आवाद, भोगचलन र दर्ता

admin