Tanahun Awaj
Uncategorized

विकास निर्माणको कार्यले वातावरण ह्रास

वातावरण भनेको हाम्रो वरिपरिको संपूर्ण भौतिक, अभौतिक, जैविक तथा निर्जीव चिजबस्तुबाट बनेको संपूरणता हो। जस्तो वातवरणमा जन्म्यो(हुक्र्यो, सजीवको त्यस्तै प्रकारको जीवन पद्दत्ति हुन्छ। जस्तो सफा पोखरी छ भने त्यस पोखरीको पानि जसले पनि प्रयोग गर्न सक्दछ। सफा बस्तु कसलाई मन नपर्ला र? हुन त फोहोर पानीमा रमाउने जीव पनि त हुन्छ। वातावरणलाई सन्तुलित बनाई राख्न मानिसलाई मात्र होइन सजीव जतिलाई फलदायी तथा हानिकारक जस्तै( कीटाणु, जीवाणु र विषाणु पनि आवश्यक हुन्छ। अर्थात् सबै वस्तु आ(आफ्नो ठाउँमा आ(आफ्नै महत्त्व बोकेर उपस्थित भएका हुन्छन्। तथापि मानवलाई सुहाउँदो वातावरण राष्ट्र र अन्तरराष्ट्रले भई रहेको राम्रोलाई जोगाउने प्रदुषितलाई सफा, हराभरा स्वच्छ बनाउने, बनाउन प्रोहत्सान गर्ने, जनचेतना जगाउने हो।हरेक वर्ष जुन ५ तारिखलाई वातावरण दिवस मनाउने पनि गरिन्छ। यो एक दिनमा मात्र वातावरण सम्बन्धित कार्य गरेर मानव उपयोगी वातावरण निर्माण हुने होइन होलानी त?
हाम्रो देश नेपाल पञ्चात कालमै विकासोन्मुख देश भनिन्थ्यो। अहिले पनि विकासोन्मुख देशमै पर्ने रहेछ। विकासोन्मुख मुलुकमा विकास निर्माणका कार्य तथा औद्योगिक कलकारखानाको कार्यले पनि वातावरणमा प्रदुषण ल्याएको छ । यहाँ म एउटा दृष्टान्त दिन चाहन्छु( सडक निर्माणको लागि खोलिएको ट्र्याकबाट निस्केको धूलोले सो ठाउँको वरिपरि बस्नेलाई कति कष्ट छ, सोधे थाहा हुन्छ न ै। यति मात्र कहाँ हो र? वर्षा याममा सो ट्र्याक बगेर पहिरिएर खोलाखोल्सी थुनिएर कतिको घरबास नष्ट, कतिको खेतवारी पुरिएर बगर बनी उत्पादनमा ह्रास भई घाँसबास(कपासमा अभाव भई गाँसबास(कपासको निम्ति देशविदेश भौतारिनु परेको छ । अर्कोतिर जेनतेन गरि खोलेको सडक पनि नष्ट भएर सरकार र समुदायको आर्थिक लगानी पनि खेर गएको छ। अतः यसरी आर्थिक हानी मात्र नभई वातावरण पनि ह्रास हुन गएकाले अबको विकास निर्माणको कार्य थालानी गर्दा योजना निर्माण गर्दा नै वातावरण जोगिने, मितव्यायी अर्थतन्त्रमा सम्बन्धित पक्षहरूले ध्यान पुर्याउनु पर्ने हो कि?

Related posts

अन्याेलमा घिरिङ्ग गा.पा. वडा नं. १ काे पुल

admin

मृत व्यक्ति भेटिए

admin

सन्धिसर्पनले दिलाउने हकसफा

admin