दमौली/नेपाल रेडक्रस सोसाईटी तनहुँ जिल्ला शाखाको आयोजना र आदिकवि भानुभक्त क्याम्पसको आतिथ्यता/ व्यवस्थापनमा ३९ औ तनहुँ जिल्ला स्तरीय जुनियर/युवा तथा शिक्षक नायक गोष्ठी आइतबार सम्पन्न भएको छ ।
गत शनिवार प्रारम्भ दुईदिने गोष्ठीको समापनका अवसरमा ५ प्रस्ताव तथा निर्णयहरू, १० वटा प्रतिवद्धताहरू र २० वटा सुझावहरूको आदिकवि भानुभक्त क्याम्पस घोषणापत्र जारी गरिएको थियो । जारी घोषणा पत्रको निर्णयमा जुनियर तथा यवा गतिविधिहरु प्रभावकारी रुपमा संचालन तथा व्यवस्थापनका लागि जिल्ला जुनियर तथा युवा अक्षयकोष निर्माण गर्ने र सो को लागी प्रत्येक सर्कलबाट रकम संकलन गरी अक्षयकोषमा जम्मा गर्ने उल्लेख छ ।
यसैगरी जारी घोषण पत्रको दश प्रतिवद्धताहरुमा विश्वव्यापीरूपमा अभिप्रेरित, स्थानीयरूपमा सशक्तीकृत, जलवायुसम्बन्धी गतिविधिमा जुनियर तथा युवा भन्ने नाराका साथ जुनियर तथा युवा रेडक्रसको संगठनात्मक विकासलाई अगाडि बढाउन प्रत्येक पलिका र सर्कलहरूलाई सक्रिय बनाई वृक्षरोपन गर्ने र भूक्षय रोकावट सम्बन्धि कार्यक्रम गर्न युवाहरूलाई परिचालन गर्ने, जलवायु परिवर्तन, सडक सुरक्षा, साइवर अपराध शिक्षा, वातावरण संरक्षण शिक्षा, प्राथमिक उपचार तालिम, विपद् राहत उद्धार तालिम, नेतृत्व विकास तालिम, सम्बन्धी हालका जल्दावल्दा समसामयीक समस्याहरूका बारेमा जुनियर/ युवा, शिक्षक नायकहरूलाई अभिमुखिकरण वा तालिमको व्यवस्था गर्ने ।. रक्तदान जीवनदान महादान भन्ने नारालाई युवा जुनियर मार्फत प्रभावकारी बनाउन विभिन्न कार्यक्रम संचालन गरी उत्साहित गर्ने विषय समावेश छन् ।
जिल्लाका ७२ विद्यालयका शिक्षक नायक तथा छात्रा÷छात्रा गरी दुइसय १६ सहभागी रहेको गोष्ठीमा युवा रणनीति र योजना, जलवायु परिवर्तन, शिक्षक नायक नीति तथा आगामी वर्षको कार्यदिशा, युवा सञ्चार र नेतृत्व, जुनियर/ युवा सशक्तिकरण, बाल अधिकार लगाएतका विषमयमा छलफल र अन्तरक्रिया गरिएकोथियो ।
साही अवसरमा एक वर्षे कार्यकालमा उत्कृष्ट काम गरेका विभिन्न पाँच जुनियर/ युवा रेडक्रस सर्कललाई पुरस्कृत समेत गरिएको थियो । पुरस्कृत हुनेमा सर्वाेत्कृष्ट कार्यसहित आदिकवि भानुभक्त जुनियर/ युवा रेडक्रस सर्कल प्रथम भएको थियो भने चण्डिदेवी राष्ट्रिय माध्यमिक विद्यालय द्वितीय तथा पराशर मावि तृतीय भएका आयोजकले जनाएको छ । समग्र गतिविधिको मूल्याङ्कनबाट रामशाह मावि र जनज्योति मावि ले सान्त्वना स्थान हासिल गरेका थिए ।
३९ औं जुनियर/युवा एवं शिक्षक नायक गोष्ठी, ३५ बुँदे घोषण पत्र जारी
previous post