दमौली/व्यास नगर पालिकाले हरेक वडाका आधारभूत तथा माध्यमिक विद्यालयहरु मध्येबाट प्रविधिमैत्री शिक्षा अघि बढाउन मध्ये १/१ विद्यालय छनोट गर्ने भएको छ ।
चैत्र ६ गते शुक्रबार नगर प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा सम्पन्न नगर पालिकाको नियमित बैठकले उक्त निर्णय गरेको हो । यो निर्णय कार्यान्वयन प्रारम्भ भएसंगै नगरपालिकाका हरेक वडाका एक आधारभूत र एक माध्यमिक विद्यालयका बालबालिकाले प्रविधिमैत्री वातावरणमा शिक्षा प्राप्त गर्ने छन् ।
नगरपालिका भित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुको व्यवस्थापन समितिको ३ वर्षे कार्यकाल समाप्त हुने भएकाले आगामी जेठ मसान्त भित्र नयाँ व्यवस्थापन समिति गठन गर्न शिक्षा तथा सामाजिक विकास शाखालाई निर्देशन दिने र आ–आफ्ना वडा भित्रका विद्यालय व्यवस्थापन समिति गठन कार्यको अनुगमन गर्ने कार्यको जिम्मेवारी सम्बन्धित वडा अध्यक्षहरुलाई तोक्ने निर्णय समेत गरेको नगर पालिकाले जनाएको छ ।
नगरपालिकाको २९ औं स्थापना दिवस मनाउन नगर प्रमुख न्यौपानेको अध्यक्षतामा समिति गठन गर्ने तथा नगरपालिकाले गरेको उल्लेखनिय कार्यहरुको प्रकाशन तयार गर्न नगर शिक्षा अधिकारी श्री नगेन्द्र प्रसाद रेग्मीको अध्यक्षतामा सबै शाखा प्रमुख रहने गरी प्रकाशन समिति गठन गर्ने निर्णय गरेको बैठकले व्यास नगरपालिका भित्र युवाहरुको सहभागितामा युवाका लागि शहर (ऋष्तथ ँयच थ्यगतज) भन्ने अवधारणा बमोजिम यस नगरपालिकाका महत्पुर्ण स्थानहरुको डिजिटल नक्साङ्कन तयार गर्ने कार्य अघि बढाउने निर्णय पनि गरेको छ ।
यसका साथै नगरपालिकाले यहाँ कार्यरत स्थानीय तहका कर्मचारीहरुको समायोजन प्रकृया अगाडि बढाउन शिक्षा शाखा प्रमुख श्री नगेन्द्र प्रसाद रेग्मीको अध्यक्षतामा ३ सदस्यीय अध्ययन एवं प्रस्ताव समिति गठन गर्ने निर्णय समेत गरेको नगरपालिकाले जनाएको छ । ामा प्रविधिमैत्री विद्यालय
व्यासका हरेक वडामा प्रविधिमैत्री विद्यालय
previous post