ठाँटीचौर÷ लक्ष्मी आधारभूत विद्यालयले आफ्नो ५६औंबार्षिकोत्सव मंगलबार मनाएको छ । बार्षिकोत्सवका प्रमुख अतिथि व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले सामुदायिक विद्यालयमा नेपाल सरकारको लगानी बढी रहेको, तर विद्यार्थी संख्या र गुणस्तर खस्कदो देखिएको चर्चा गर्दै यो समस्याको अन्त्य गर्न व्यास नगरपालिका समुदायसंग सहकार्य गरेर अगाडि बढ्न चाहेको धारणा राख्नु भएको थियो । बार्षिकोत्सवका विशिष्ठ अतिथि व्यास– ९ का वडाध्यक्ष शुरेश थापा, स्रोत व्यक्ति नारायणदत्त पौडेल लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि राना मगरको सभापतित्वमा भएको कार्यक्रममा प्रधानाध्यापक रमेशचन्द्र आचार्यले विद्यालयको बार्षिक प्रगतिप्रतिवेदन पेश गर्नुभएको थियो । बार्षिकोत्सवमा विभिन्न अक्षयकोषबाट विद्यार्थीहरुलाई प्रोत्साह स्वरुप नगद पाँच सय रुपयाँ प्रदान गरिएको थियो । अक्षयकोष व्यवस्थापन उपसमितिका संयोजक बाबुराम खनालले दिनुभएको जानकारी अनुसार सूर्यनाथ स्वास्थ सरस्वती अक्षयकोषबाट कक्षा ७की कल्पना थापा, कक्षा ५ का नविन थापा, कक्षा ४ का अभ्यास पौडेल, कक्षा ८ का सुनिल अधिकारीलाई शैक्षिक प्रोत्साहन रकम प्रदान गरिएको थियो । केदारनाथवालकुमारी पौडेल अक्षयकोषबाट कक्षा ८ का मनोज रम्तेल, भावना बानियालाई प्रदान गरिएको थियो । तुलसा सतन अक्षयकोषबाट कक्षा ६ की पवित्रा नेपाली र कक्षा ५ की अस्मिता थापालाई शैक्षिक प्रोत्साहन रकम प्रदान गरिएको थियो ।