दमौली/व्यास–३ देउराली नगरस्थित उर्गेन धार्गेलिङ गुम्बामा यस बर्षको २५६४ औं बुद्ध जयन्ती रोग शान्तिको प्रार्थना गरेर मनाइयो । कोरोना भाईरसको संक्रमणबाट बच्न निर्धारित सामाजिक दुरी कायम गरी मनाउनु पर्ने बाध्यतामा समिति मात्रै बसेर रोग शान्तिको प्रार्थना गरेको गुम्बाका अध्यक्ष ले. जितलाल गुरुङले बताए । पुरानो रीत थाम्नका लागि प्रार्थना गरिएको थियो ।
विगतका बर्षहरुमा झण्डै पाँच सयको हाराहारीका धर्मावलम्बी लामबद्ध भएर उर्गेन धार्गेलिङ गुम्बाबाट बाजागाजा र लामा मन्त्रको र धुन सहित दमौली बजार परिक्रमा गरेर बुद्ध जयन्ती मनाउने गर्दथे । अनि गुम्बामा पुनः फर्किएर पूजापाठ, दुर्लभ घाटु लगायतका नृत्यका साथमा विशेष उत्सव हुन्थ्यो ।
गुरुङका अलावा तामाङ र अन्य समुदायले पनि बौद्ध धर्म मान्ने भएकाले वैशाख पूर्णिमा विशेष रीतपूर्वक मनाईन्थ्यो । गुम्बाका लामा छायाबहादुरले रोग र प्रकोप नियन्त्रणका लागि विशेष धार्मिक पुस्तक पाठ गरिएको तनहूँ आवाजलाई बताए ।
रोग शान्तिको प्रार्थना
previous post