दमौली/व्यास–८ बर्लाचीमा सोमबार बर्लाची स्वास्थ्य शहरी केन्द्र स्थापना गरिएको छ । स्वास्थ्य केन्द्रको उदघाटन नगरप्रमुख बैकुण्ठ न्यौपानेले गरेका थिए । उक्त स्वास्थ्य केन्द्रबाट दैनिक बिरामी चेकजाँच, खोप सेवा, पोषण सेवा, सुरक्षित मातृत्व सेवा, परिवार नियोजन सेवा लगायतका सेवा नियमित संचालन हुने बताइएको छ । कार्यक्रममा स्वास्थ्य शिविर, आधारभुत चेकजाँच जस्ता सेवा पनि संचालन गरिएको व्यास नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए । केन्द्रमा २ जना स्वास्थ्यकर्मीले नियमित सेवा दिनेछन् । यसअघि बर्लाचीमा कात्तिकेचौर स्वास्थ्य चौकी मार्फत सेवा प्रदान गरिदै आइएको थियो । मुलुक संघिय संरचना अनुसार अघि बढेपछि व्यास ८ र ९ नं. वडामा विभाजन भई अलग अलग भएपछि सेवा प्रवाहमा कठिनाइ महसुस भइरहेको अवस्थामा स्थापना भएको यस स्वास्थ्य केन्द्रले नागरिकमा छुट्टै उत्साह थपेको कात्तिकेचौर स्वास्थ्य चौकीका प्रमुख कार्कीले बताए । व्यास–८ का वडा अध्यक्ष ओजराज पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विभिन्न जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, स्वास्थ्यकर्मि, स्थानीय आमा समुह, युवा समूह लगायतको उपस्तिथि रहेको थियो ।
बर्लाची स्वास्थ्य शहरी केन्द्र स्थापना
previous post