नहर्कीको नेतृत्वमा नयाँ समिति
दमौली/प्रजातन्त्रवादी पत्रकारहरुको संस्था नेपाल प्रेस युनियन तनहुँको शनिबार सम्पन्न सातौं अधिवेशनले अमरराज नहर्कीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
अधिवेशनले आगामि ४ वर्षका लागि उपाध्यक्षमा प्रताप राना, महिला उपाध्यक्षमा मिला दरै, सचिवमा प्रकाश अधिकारी, कोषाध्यक्षमा प्रकृति खनाल(न्यौपाने) तथा सहसचिवमा शिला वाग्लेलाई चयन गरेको छ । यसैगरी सदस्यहरुमा श्रीहरि पौडेल, रमेश विकल, अप्सरा श्रेष्ठ, सञ्जय श्रेष्ठ र मुनाकालिराज विके रहेका छन् ।
यसैगरी ९ केन्द्रीय पार्सदमा ओमकार आचार्य , डम्बरबहादुर अधिकारी,बसन्त कंडेल, मदन वाग्ले, डि पि अधिकारी,शैलेन्द्र मिश्र ,सोनी शर्मा, अन्जु दाहाल र बिमला दवाडी चयन भएका छन् भने प्रदेश पार्सदमा पूर्ण वि.के ,दिपेन्द्र पौडेल, स्वश्तिका भट्टराई, सङगम सापकोटा ,बिष्णु मास्की , शैलेस खाती , दिल्लीराज जोशी चयन भएको युनियनले जनाएको छ ।
अधिवेशनमाव अध्यक्ष पदका लागि अमरराज नहर्की र पवन पौडेल तथा सचिव पदका लागि प्रकाश अधिकारी र उपेन्द्र खनालबीच चुनावी प्रतिस्पर्धा भएको थियो । अध्यक्ष पदमा प्रत्यासी नहर्कीले कुल खसेको ५० मत मध्ये ३१ मत ल्याएर विजयी हुँदा अर्का प्रत्यासी पौडेलले १९ मत प्राप्त गरे । यसैगरी सचिव पदका प्रत्यासी अधिकारीले ३० तथा खनालले १८ मत प्राप्त गरेका थिए । युनियनमा तनहुँका ६४ पत्रकार अवाद्ध रहेका छन् ।
यस अघि युुनियनको सातौं अधिवेशनको उद्घाटन गर्दै पूर्व मन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले पत्रकारहरुको कलमले जनताका आवाज लेख्नुपर्ने बताए । कांग्रेस गुट उपगुटमा अल्झिँदा सरकार निरंकुशता तर्फ अघिबढेको आरोप लगाए । प्रेस युनियन तनहुँका अध्यक्ष ओमकार आचार्यको सभापतित्वमा आयोेजित अधिवेशनका क्रममा नेपाल विद्यार्थी संघका पूर्व सह– महामन्त्री लक्ष्मीभक्त खनालले आफ्ना स्वर्गीय पिता नरहरि खनालको स्मृतिमा ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरे । उक्त रकमको व्याजले प्रत्येक वर्ष प्रेस युनियनमा आवद्ध सदस्यलाई पुरस्कार प्रदान गरिने छ । यसैगरी नवनिर्वाचित अध्यक्ष नहर्कीले पनि आफ्ना स्वर्गिय पिताको नाममा ५० हजार राशीकै अक्षय कोष स्थापना गर्ने घोषणा गरेका छन् ।