दमौली/हरिशरण पण्डित फागुन १९ गतेको निर्णयले बी पी विचार समाज गण्डकी प्रदेशको अध्यक्षको समेत जिम्मेवारी पाएका छन् ।

बी पी विचार समाज तनहुँका अध्यक्ष हरिशरण पण्डितलाई बी पी विचार राष्ट्रिय समाजको केन्द्रिय सदस्यमा मनोनयन गरेको केन्द्रिय कार्य समितिले गण्डकी प्रदेश समेतको समेत जिम्मेवारी प्रदान गरेको हो ।
बी पी विचार राष्ट्रिय समाजका अध्यक्ष विनयध्वज चन्दले फागु्न १९ गते गण्डकी प्रदेश अध्यक्षमा मनोनयन गरेको बी पी विचार समाजले जनाएको छ । समाजको विधान अनुसार केन्द्रिय सदस्यहरुबाट मनोनयन गर्ने व्यवस्था रहेको उल्लेख छ ।