– रमेश विकल
शौचालय नबनाएको खण्डमा उक्त परिवारको नवालकको जन्मदर्ता तथा विवाहित युवाको विवाह दर्ता नगर्ने, सा माजिक सुरक्षा भत्ता रोक्का गर्ने, नागरिकताको प्रमाणपत्र बनाउन आवश्यक सिफारिस रोक्ने जस्ता निर्णय त्यतिबेलाका गाउँ विकास समिति तथा अहिलेका वार्डहरुले गरेर शौचालय बनाउन बाध्य पार्नु परको विडम्बनाबाट हामी गुज्रियौं भन्दा भावि पुस्ताको शिर शायद झुक्नेछ । पछिल्लो पुस्ताले हामीलाई सम्झेर शिर झुकाउनु पर्ने अवस्थाको निर्माण के उपयुक्त कुरा भएको छ र ?
सहश्राब्दी विकास लक्ष्य अन्तर्गत संसारभर अघिल्लो दशकबाट खुल्ला दिसा मुक्त गाउँ, सहर र देश बनाउने अभियान सुरु भएको थियो । कुनै पनि देशको विकास वा समृद्धिका लागि त्यहाँका नागरिक स्वस्थ्य हुनु जरुरी छ । बुढापाकाहरु भन्छन्, स्वास्थ्य नै धन हो । स्वस्थ्य नागरिक भएमा मात्र उ उत्पादनका काममा लाग्न सक्छ र आर्थिक विकासमा त्यो देशले फड्को मार्न सक्छ र अहिलेको सन्दर्भमा समृद्धिको अर्थ यही
हो । किनभने पूजिबादी विश्वमा सबैकुरा अर्थ वा रुपैयाँ पैससंग जोडिएर आएको छ । हामीलाई लाग्ने अधिकांश सरुवा रोगहरु दुषित पानीका कारण लाग्ने गर्छन् । झाडापखाला, आऊँ, हैजा, टाइफाइड जस्ता रोगको मुल कारण भनेको दुषित पानी हो र पानी दुषित हुनाको एउटा प्रमुख कारण खुल्ला दिसा हो । त्यसैले खुल्ला दिसा गर्न बन्द गर्ने हो भने हामी धेरै जसो सरुवा रोगको शिकार हुनबाट बच्न सक्छौं । रोगको शिकार हुनबाट बच्नु भनेको मृत्युलाई पर धकेल्नु हो । हाम्रा धर्म ग्रन्थहरु भन्छन्, रोगी भएर मरको मानिसको गन्तव्य नरक हो । यसको अर्थ खुल्ला दिसा गरेर रोगी हुनु भनेको नरकको भिसा लिनु हो । त्यसैले भनिएको, “खुल्ला दिसा नरकको भिसा” । र शायद हामी मध्ये कोही पनि नरकको भिसा लिन तयार छैनौं ।छैनौं भने कुनैपनि बहाना बनाउन छोडेर खुल्ला दिसा गर्न आजैबाट बन्द गरौं ।
२०७६ असोज १३ दक्षिण एशियामा खुल्ला दिसा मुक्त हुने पहिलो देश बन्दै नेपालले आफुलाई खुल्ला दिसा मुक्त देश घोषणा ग¥यो । नेपालले यसलाई ठूलो उपलब्धी मानेको छ । हुनपनि यो अभियान सुरु हुनुभन्दा पहिले नेपालका अधिकांश घरमा शौचालय थिएनन् । अभियानका क्रममा लाखौं शौचालय बनेका छन् र प्रयोग गर्न सुरु भएका छन् । जसले हाम्रो स्वास्थ्यमा सकारात्मक प्रभाव पारेको छ । पछिल्लो समयको तथ्याङ्क हेर्ने हो भने झाडापखाला, आऊँ जस्ता सरुवा रोगहरुको संक्रमण ह्वात्तै घटेको छ । यसले गराउने मानविय क्षति कम भएको छ । यसको अर्थ हो हाम्रा राजनैतिक दलहरुले भन्ने गरको समृद्धिको मार्गमा देशलाई अगाडी बढाउन सहयोग भएको छ । त्यसैले एक दशकलामो प्रयत्न पछि शौचालय निर्माण र सरसफाइको सन्दर्भमा हामीले जुन उपलब्धी हासिल ग¥यौं र दक्षिण एशियामा पहिलो खुल्ला दिसा मुक्त देश बन्न सफल भयौं, यो ठूलो उपलब्धी हो । तर यत्ति मै सबैथोक भयो । हामी पूर्ण भयौं भन्ने बुझ्नु गलत हुनेछ । माथि वर्णन गरिएका दृश्य १ र २ को अवस्थामा सुधार ल्याउन अझै गर्न बाँकी छ । सुधारको काम बाँकी छ भन्नुको अर्थ मैले कास्की वा तनहुँका वासिन्दालाई सरसफाईका सन्दर्भमा असंवेदनशील देखाउन वा उनीहरुको आत्मसम्मानमा चोट पु¥याउन खोजेको चाहिँ होइन् । देखेको कुरा लेखेको र सोको माध्यमबाट सकारात्मक परिवर्तनको अपेक्षा राखेको हुँ ।
मलाई राम्ररी थाहा छ, हामीले खुल्ला दिसा मुक्त क्षेत्र घोषण गर्ने सन्दर्भमा होस् या पूर्ण सरसफाइ युक्त क्षेत्र अनि पूर्ण खोप युक्त क्षेत्र होस् वा पूर्ण साक्षर क्षेत्र यी सबै घोषणा गर्ने सन्दर्भमा ९५ प्रतिशत कामलाई पूर्ण वा शतप्रतिशत मानेर पूर्ण घोषणा गर्ने गरका छौं । बाँकी ५ प्रतिशतमा कमजोरी वा अपूर्णता हुनसक्छ भन्ने कुरालाई मैले आत्मसाथ गर्न नसकेर वा वेवास्ता गरेर शौचालय निर्माण र प्रयोगको सन्दर्भमा भएका कमजोरी केलाउन खोजको होइन । बरु अझ पूर्णताको कामना साथ माथिका सन्दर्भ उठाएको हुँ । मेरो जोडबल बाँकी ५ प्रतिशतलाई पनि ९५ जस्तै बनाउने र शतप्रतिशतको यात्रा तय गर्ने भन्नेमा हो । सार्वजनिक शौचालय वा सरकारी कार्यालयका शौचालय अनि हाम्रा स्वास्थ्य संस्थाहरु तथा विद्यालयका शौचालयको अवस्था हेर्ने र भोग्ने जो कोहीलाई स्वास्थ्य र सरसफाई प्रति हाम्रो आम वेवास्ता प्रष्ट हुन्छ । अधिकांश सरकारी कार्यालयमा शौचलाय कहाँ छ भनेर आम नागरिकलाई जानकारी गराउन कुनै सूचनाको आवश्यकता नै पर्दैन । दुर्गन्धले भरिएको शौचालयबाट ह्वास्स आउने गन्धले शौचालय कता छ भन्ने जानकारी आफ्नो नाक मार्फत जो कोहीले पाईहाल्छ । राज्य नै यस्तो सन्दर्भमा असंवेदनशील भएको बेला आम नागरिकबाट पूर्णताको अपेक्षा मैले गरको छैन तर पूर्णता तर्फ हाम्रो पाइला चलोस् भन्ने कामना भने एक नागरिकको रुपमा अवश्य गर्न सक्छु र यो आलेखको अर्थ पनि यही हो । शौचालय बन्न नसकेका घर परिवारमा वा अन्य आवश्यक स्थानमा बनाउने, बनेका तर प्रयोगमा नआएका शौचालय प्रयोगमा उत्प्ररित गर्ने र प्रयोग भइरहेका शौचालयको अवस्थामा सुधारका धेरै काम बाँकी छन् । जुन हामीलाई नमिठो लागेपनि सत्य हो । पछिल्लो समय त शौचालयलाई आराम कक्ष( रेष्ट रुम) भन्ने चलन पनि चल्दै आएको छ । हाम्रा रेष्ट रुमहरु नाक थुनेर र स्वास अड्याएर पस्नु पर्ने अनि त्यहाँ बस्दा हामीले भन्ने गरेको नरक त यही हो क्यारे भन्ने अनुभूत गराउने खालक हुन्छन् । त्यो आराम कक्ष नबनाएकाहरुले बनाउनु पर्नेछ बनाएर पनि प्रयोग नगरेकाहरुले प्रयोग गर्ने प्रारम्भ गर्नुपर्नेछ अनि सरसफाईमा ध्यान नपुगेको भए त्यता ध्यान पु¥याउनु पर्नेछ । यी काम गर्न सक्दा हामी नरकको भिसा लिनबाट पन्छन सक्छौं र आफ्नो जीवनलाई स्वस्थ्य र समृद्ध बनाउन सक्छौं । आजको ठिक एकसाता अगाडीको दिन अर्थात नोभेम्बर १९ लाई संसारभर शौचालय दिवसको रुपमा मनाउने गरिन्छ । शौचालय दिवस मनाउनुको अर्थ पक्कै यसको अवाश्यकता र महत्वका बारेमा आम मानिसलाई जानकारी गराउनु हो । मानव सभ्यताको परिचायक बनेको शौचालयको प्रयोग र यसको सरसफाइमा हामीले पनि ध्यान दिउँ । खुल्ला शौच गरेर नरकको यात्र तय गर्ने काम अब बन्द गरौं । शौचालय दिवसको सप्ताहान्तमा यही कामना ।