पोखरा/मातृशिशु मितेरी अस्पताल पोखराको अयोजनमा दुई दिवसिय क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम पोखरा उपमहानगर पलिका १६ बाटुलेचौर स्थित मातृशिशु अस्पतालको सभाहलमा बुधबार सम्पन्न भयो ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष उषा बरुवालको अध्यक्षमा भएको सो प्रशिक्षणमा सफल जीवन, तनाव व्यवस्थापन, सकारात्मक सोच, मानविय मुल्य, सतकर्म आदि विषयहरुमा प्रशिक्षण दिनु हुदै ब्रह्माकुमारी राजयोग प्रशिक्षण केन्द्र दमौलीका प्रशिक्षक ब्रह्माकुमार राजु खड्काले मानवलाई उर्जाशिल बनाउनको लागि मानवको मनमा सद् विचार, शुभभावना जस्ता विचार निरन्तर उत्पन्न भई रहोस त्यसका लागि दैनिक शान्तिमा रहने एवंम योग अभ्यास आध्यात्मिक चिन्तनलाई अपनाउनु पर्ने आजको आवश्यकता भएको बताउनु भयो ।
प्रशिक्षणको अनुभव व्यक्त गर्नु हुदै प्रशिक्षार्थी व्यवस्थापन समितिका सदस्य षुष्पलाल तिमिल्सेना, नर्स अचर्ना शर्मा, शर्मिला श्रेष्ठ, दुर्गा के.सी, एम कुमारी गुरुङ्ग, ओम बहादुर थापा, जेपिडीकी सिरोमीता कासि, पोखरा महानगरपालिका वृत्तिय अधिकृत सविता ढुंगाना लगायतका महानुभावहरुले प्रशिक्षणको अनुभव व्यक्त गर्नु हुदै यस प्रकारका प्रशिक्षणले हामीहरुमा रहेको मानसिक प्रदुषणको समस्यहरुलाई कम गर्न सहयोग पु¥याउने र सेवा भाव, दया भाव, इमान्दारीता, कर्तव्य वोध बनाउनमा सहयोग पु¥याउने बताउनु भयो । प्रशिक्षणमा अस्पतालका डाक्टर नर्स, व्यवस्थापन समितिका सदस्य, कर्मचारी गरी ६३ जनाको सहभागिता रहेको थियो । मातृशिशु मितेरी अस्पताल पोखराको अयोजनमा दुई दिवसिया क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रमको पहिलो सत्र सोमबार पोखरा १६ बाटुलेचौर अस्पतालको सभाहलमा सम्पन्न भएको छ ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष उषा बरुवालको अध्यक्षतामा सफल जीवन, सकरात्मक सोच, मानविय मुल्यहरुको स्रोत सतकर्म आदि विषयहरुमा प्रशिक्षण दिइएको हो । बह्माकुमारी राजयोग प्रशिक्षण केन्द्र दमौलीका प्रशिक्षक ब्रह्माकुमार राजु खड्काले मानवमा भएको अर्थाह शक्तिको भण्डार नकारात्मक चिन्तनको कारण नष्ट भईरहेको परिवेशमा, यसलाई बचाई राख्नको लागि पूर्विय दर्शनको योग तथा ध्यानतर्फ मानवको मनलाई लैजान पर्ने बताएका थिए ।
क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
previous post