दमौली/व्यानपा–३ व्यास गुफा क्षेत्रमा निर्माणाधीन किरियापुत्री भवनलाई व्यास–४ सहिदगेट निवासी राजकुमार बतासले आर्थिक सहयोग प्रदान गरेका छन् ।
श्रेष्ठले आफ्नी श्रीमती चिजमाया बतासको स्मृतिमा शनिबार ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरेका हुन् । उक्त रकम बतासले भवन निर्माण समितिका अनुगमनकर्ता प्रियनाथ पौडेललाई हस्तान्तरण गरेका छन् । सोही अवसरमा श्रेष्ठले श्रीमतीको स्मृतिमा सामाजिक काममा सहयोग गर्न पाउँदा खुशी लागेको बताए ।
व्यास–३ स्थित व्यास गुफा क्षेत्रको पूर्वतर्फ निर्माणाधीन ८ कोठे उक्त भवन ५० लाख रुपैयाँको लागतमा निर्माण गरिने समितिले जनाएको छ । व्यास नगरपालिकाको ८० प्रतिशत र बाँकी स्थानीय लागत सहभागितामा उक्त भवनको निर्माण कार्य सम्पन्न गरिने बताइएको छ ।