धर्म
म आजकल अलि दुविधामा छु । धर्म मान्नेहरुको संख्या बढेको हो कि घटेको थाहै पाउन छोडे । गाउँ घरतिर पहिला पहिला कति पुजाआजा हुन्थ्ये । खास खास तिथि र पर्व आयनै हुँदैनथ्यो । पञ्चमी, पूर्णिमा, द्वतिया, दुवादशी, चौथि, चर्तुदशी पर्यो । फलनाकोमा आज फलानो कार्य आउनलाई निम्तो भन्न आउँथ्यो । भन्न आको भन्नेको लर्को हुन्थ्यो । कस्कोमा जाउँ कस्कोमा नजाउँ रोजिरोजि भ्याइ नभ्याइ हुँन्थ्यो । जसकोमा थपिथपिनै दिन्थ्ये, गाउँन बजाउन, झजन चुड्का, नाच नचरी भएको थाहा पाइन्थ्यो उनै उनैकोमा गइन्थ्यो । गलभग कुनै महिना खाली हुँन्थेन । पुरेत बा लाई पनि भ्याइनभ्याइ हुँन्थ्यो । जस्कोमा अलि दक्षिणा झर्थो ति यजमानको प्रशंशा र फुर्तिफार्ति बेस्नै गर्थे । र अलि कम दक्षिणा झर्नेकोमा धेरै दिनेको प्रसस्ती सुनाउँदै कन्जुस यजमान(कर्ता)को मन फुकाउने प्रयत्न गर्थे । पुरेत बाको त्यो सिलसिला अहिले सम्मनि जारि छ ।
आजकल झण्डै २–३ वर्ष भयो । फलानोकोमा पुजा आँट्या छन् रे भनेको सुन्ननी पा’को छैन । गान बजान, भजन चुड्का, रोइला, तीनटुक्के, दोहोरी सुन्नपनि रहर भयो । बिजुलीको स्वइच अफ भएझैं च्वाट्टै बन्दै भयो ।
अचम्म त्यति धेरै धर्म गरेर स्वर्ग जान खोज्ने मान्छेलाई आजकल किन मन मर्यो होला । स्वर्गका राजा इन्द्रले पनि यो अवस्थाको अनुसन्धान गरेनन् र गुदि पत्ता लगाएनन् भने अिनको स्वर्ग खालि नहोला भन्न सकिन्न । हुन त गाउँका स्वर्ग नगरके भो र ! बजारकाले स्वर्ग जान हान थाप गर्दैछन् । दिनको उज्यालो हुन् या होइनन् हातमा फुल अछेता कस्को राम्रो भन्ने होडबाजिका साथ राम्रो प्रतियोगितामा गाका झैं मन्दिर जानेको लर्को हुन्छ । यिनको बयान हजार जिब्रो हुने शेषनागले त गर्न नसक्लान् म के सकुला । यसमा पनि पुरुष भन्दा महिला बढि किनहो कुन्नि । धर्म गर्न हिडेको भनेसि कामको चाप कम हुने, भेटे जतिका सँग आकाश पालत गफ हान्न पाइने, वल्ला पल्ला तल्ला मथिल्ला घरका सासु, ससुरा, देवरानी, जेठानी, नन्द भाउजुहरुको धुलो उडाउन पाइनी । अर्कोतिर हिजो गरेका र आज गर्ने कुकिर्तेलाई धर्मात्मा बनेको देखाएर मोड्ने प्रयास पनि हुनसक्छ । त्यो भन्दा नि अर्कै गुह्य कारण भए मेरो दृष्ति नपुगेको होला!