–२०७२ वैशाख १२ मा गएको भूकम्पको कारण ८ हजारभन्दा बढी नागरिकको ज्यान गयो । अरबौंको धन सम्पत्ति नष्ट भयो । हाम्रा निधिका रुपमा रहेका धार्मीक, सांस्कृतिक सम्पदाहरु क्षत विक्षत भए ।
–हरेक वर्ष जसो बाढी र पहिरोमा परेर सयौं नेपालीले ज्यान गुमाउँछन् । घर–खेत गुमाउँछन् । सयौ बालबालिका अभिभावक विहिन बन्छन् ।
–दशैको आसपास आएको देशव्यापि वर्षाले एक सातामा ३८ नेपालीको मृत्यु भयो । ३२ घाइते भए भने २७ जना बेपत्ता छन् ।
हामीले व्यहोरिरहेका प्राकृतिक विपत्तिका केही उदाहरण हुन् । हामीले गुमाएका नेपालीजन मात्र होइन धनजनको क्षतीको विवरण हो । हो, हामीले भुकम्प, बाढी पहिरो जस्तो प्राकृतिक विपत्तिलाई पन्छाउन सक्दैनौं । तर के कुराचाहिँ सत्य हो भने यसबाट हुने क्षतिलाई कम गर्न अवश्य सक्छौं । भुकम्पबाट हुने क्षतिलाई कम गर्न भूकम्प प्रतिरोधी संरचना निर्माण गर्न सक्छौं । भूकम्प प्रतिरोधी संरचना निर्माण गर्दा महंगो पर्ने भ्रममा परेर हामीले त्यता तर्फ वेवास्ता गरिरहेका छौं तर वेवास्ता गर्न नहुने पक्ष के हो भने जीवनभन्दा ठूलो धन होइन । बाढीबाट बच्न सुरक्षित वा कम जोखिम हुने स्थानमा बस्न सक्छौं भने पहिरोबाट जोगिन वृक्षा रोपण गर्न सक्छौं । यी र यस्ता धेरै उपायहरु छन्, प्राकृतिक विपत्तिलाई कम गर्दै मानव जीवन यापनमा सहयोग गर्छन् ।
आज अक्टोवर, १३ । संसारभर आजकै दिन प्राकृतिक विपत्ति न्यूनिकरण दिवस मनाउने गरिन्छ । प्राकृतिक विपत्ति भनेको के हो र यस्तो विपत्ति न्यूनिकरणका के कस्ता उपाय हुनसक्छन् भन्ने विषयमा विश्व समुदायलाई सचेत गराउने उद्देश्यले यो दिवस मनाउने गरिन्छ । आउनुहोस्, हामीपनि प्राकृतिक विपत्ति न्यूनिकरणका उपायहरु अवलम्बन गर्दै यसबाट हुने क्षति कम गर्ने कार्यमा लागि परौं । भूकम्प, भूक्षय, बाढी तथा पहिरोको जोखिम कम गर्ने कुरामा आममानिसमा सचेतना अभिवृद्धि गरौं, आजको यो दिवसले प्राकृतिक विपत्ति न्यूनिकरण गर्न सहयोग गरोस्,यही कामना ।
अब चासो प्राकृतिक विपत्ति न्यूनिकरणमा-सम्पादकीय
previous post