दमौली/नया वर्षलाई मध्यनजर गर्दै टाइगरल्याण्ड युवा क्लब व्यास–४ को आयोजनामा टाइगरल्याण्ड दमौली महोत्सव हुने भएको छ ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै क्लबको अध्यक्ष विपिन घलेले युवाहरुलाई स्थानीय स्तरमै मनोरञ्जन, भेटघाट र सास्कृतिक आदान–प्रदानको अवसर प्रदान गर्न महोत्सवको आयोजना गरिएको बताए । क्लबका सचिव उमेश पौडेलले महोत्सवको तयारीका बारेमा जानकारी गराउदै करिब सयवटा स्टल रहने बताए । सचिव पौडेलले स्टलहरुमा स्थानीय उत्पादन, खाना तथा पेय पदार्थ, हस्तकला सामग्री राखिने छन् । यसैगरी उक्त अवधिमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु पनि सञ्चालन हुने छन् ।
महोत्सवको झण्डै १० हजारले अवलोकन गर्ने अनुमान गरेको आयोजकले संकलित रकम खेलमैदान निर्माण, फोहर मलाई राख्ने जस्ता सामािजक सेवाका कार्यमा लगाउने समेत बताइएको छ । स्थानीय जुडीपानी टोलविकास संस्था सहआयोजक रहेको महोत्सव चैत्र २६ गते प्रारम्भ भई वैशाख ७ गतेसम्म सञ्चालन हुनेछ । सबैलाई महोत्सवको अवलोकन गरी मनोरञ्जन लिन र आयोजकलाई हौसला प्रदान गर्न क्लबले आग्रह गरेको छ ।
समाचार
-
तनहुँ जिल्लाको घिरिङ्ग गाउँपालिका वडा नं. १ पुट्टारका कृषकहरु दिनभर आफ्ना बाख्रा जंगलमा चराएर…
-
दमौली/नेपाली कांग्रेसले पार्टी संगठनलाई सुदृढ, सशक्त र प्रभावकारी बनाउन ७७ वटै जिल्ला र पार्टीको…
-
दमौली/नेकपा (एमाले) तनहुँको अगुवा कार्यकर्ता भेला ६ बुँदे प्रस्ताव पारित गर्दै मंगलबार सम्पन्न भएको…
-
दमौली /नेपाल मगर सांस्कृतिक संघ, केन्द्रीय समितिको आयोजनामा कौराहाको उद्गम थलो ऋषिङमा दोस्रो राष्ट्रिय…
-
यस वर्षको एसईई आजबाटः तनहुँमा २२ परीक्षा केन्द्र, ६ हजार १ सय ५५ परीक्षार्थी
by Tanahu Awajby Tanahu Awajपरीक्षा केन्द्रमै उत्तर पुस्तिका परिक्षण, एक महिनामै नतिजा प्रकाशन तयारी दमौली/गत माघ ७ मा…
-
दमौली/व्यास नगरपालिकाले आफ्नो सेवा प्रवाह, विकास निर्माण र नीति कार्यान्वयनको अवस्थाबारे नागरिकलाई जानकारी गराउने…
-
दमौली/बीपी विचार समाज तनहुँको सातौं जिल्ला अधिवेशनले प्रताप सिं अधिकारीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको…
-
दमौली/नेपाल पत्रकार महासङ्घको ७१ औं स्थापना दिवसका अवसरमा तनहुँका छ पत्रकार पुरस्कृत भएका छन्…
-
दमौली/बन्दीपुर गाउँपालिका र व्यास नगरपालिकाले ग्रामीण पर्यटन प्रवद्र्धनका लागि ‘होमस्टे सर्किट प्रवद्र्धन’ कार्यक्रम सुरु…
