दमौली/तनहूँ उद्योग बाणिज्य संघले पुसको २५ गतेबाट नवौं पटक तनहूँ महोत्सव गर्न लागेको छ ।
कृषि उपजको उपभोक्ता र उत्पादकको प्रत्यक्ष भेट र बजारिकण गराउने, तनहुँका पर्यटकीय क्षेत्रका होम स्टे र पर्यटकको प्रत्यक्ष भेट र बजारिकरण गर्ने, वातावरणीय प्रभावलाइ न्यून गर्ने सन्देश प्रवाह गर्दै छाब्दी बाराहीको आकर्षण लोपोन्मुख रजवामको संरक्षण अभियान चलाउने विषय प्राथमिकतामा राखेर महोत्सव गर्न लागेको अध्यक्ष बैकुण्ठनाथ मिश्रले तनहुँ आवाजलाई बताउनु भयो ।
पुसको २५ गतेदेखि माघको ७ गतेसम्म सञ्चालन गर्न लागिएको यो महोत्सव पूर्ववत बी.पी. बनबाटिकामा सञ्चालन गरिनेछ । विहिबारबाट स्टलका सामानहरु झर्ने क्रम शुरु हुन्छ । जिल्लाका दशवटै पालिकाका कृषि उपजलाइ प्रदर्शन गरी प्रतियोगितात्मक पुरस्कारको समेत व्यवस्था गरिएको छ । कृषि उपजका लागि आवश्यक स्टलहरु निःशुल्क रुपमा उपलब्ध गराईन्छ । कृषकहरुलाई सहभागि शुल्क पनि प्रदान गर्ने कार्यक्रम रहेका मूल आयोजक समितिका संयोजक बैकुण्ठनाथ मिश्रले बताउनु भयो । उत्पादक र उपभोक्ता बीचको प्रत्यक्ष भेट र व्यापारले उत्पादक र उपभोक्ताले ५०/५० प्रतिशत लाभ लिन सक्ने आयोजकको दावी छ । यो लक्ष्यलाई प्रभावकारी कार्यान्वयनका लागि आयोजकले दशवटै पालिकासंग समन्वय गरेर उत्कृष्ठ कृषक र उत्पादनलाई महोत्सवमा प्रदर्शनी गरी कृषि पेशा र व्यवसायलाई प्रोत्साहन महोत्वले गर्ने प्रचारप्रसार संयोजक प्रकाशचन्द्र हड्खलेले बताउनु भयो ।
त्यसैगरी पर्यटनको विकासका लागि होमस्टे सञ्चालकहरुलाई निःशुल्क स्टल उपलब्ध गराईनेछ । महोत्सवमा आउने पर्यटकहरुलाई होमस्टे सञ्चालकहरुले उत्प्रेरित गरेर मिर्लुङकोट, छिम्केश्वरी, बन्दिपुर लगायतका ठाउँहरुमा प्रयटक उतार्ने प्याकेजप्रति आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षिकत गरी फेरी फेरी आउन प्रोत्सहित गर्ने बजारिकणको अवसर महोत्सवले प्रदान गर्ने विश्वास आयोजकले लिएको छ ।
महोत्सव स्थलमा कुहिने र नकुहिने फोहोर व्यवस्थापनको फरक फरक डस्टविन राखेर फोहर व्यवस्थापनप्रति अभिमुखीकरण गरेर खुल्ला फोहर मुक्त महोत्सव बनाउने पनि आयोजकको वातावरणीय सुद्धिकरण अभियान रहेको छ । हस्तकला प्रदर्शनीलाई महोत्सवले प्रोत्साहन गर्नेछ । आयोजकको सैद्धान्तिक प्राथमिकता र आम्दानी बाहिरिएको विगतको आलोचनाका वावजुद् महोत्सवमा सहभागिको प्राथमिकतालाइ मध्यनजर गरेर आयोजकले कलाकारको प्रस्तुती, बाल उद्यान, रमाइलो मेलालाई महोत्सवको अभिन्न अंग बनाएको छ । अरु थुप्रै आकर्षण नवौं महोत्सवको रहेको छ ।
समाचार
-
शैक्षिक गुणस्तर अभिबृद्धिका लागि तनहुँ क्षेत्र नं १ का पाँच पालिकामा रहेका सामुदायिक र…
-
प्लाष्टिक झोला मुक्त व्यासकार्यान्वयन फितलो, संशयको घेरामा प्लाष्टिक मुक्ति
by Tanahu Awajby Tanahu Awajरमेश विकलनगरपालिकालाई प्लाष्टिक झोला मुक्त घोषणा गरिएको एकसय १९ औं दिनमा आएर व्यास नपाले…
-
आँबुखैरेनी/आँबु अस्पतालमा अब सल्यक्रिया सहितको आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रमका सञ्चालन हुने भएको…
-
जुम्ला जिल्लाबाट तनहूँ जिल्लामा सरुवा भै आउनु भएका जिल्ला न्यायाधीश राजेशकुमार कटुवाललाइ तनहुँ बारले…
-
दमौली/रोटर्याक्ट क्लब अफ दमौलीको रोटा वर्ष २०२६–२७ को अध्यक्षमा किरण श्रेष्ठ चयन भएका छन्…
-
दमौली/नेपाल पत्रकार महासंघ तनहुँको अध्यक्षमा धनपति अधिकारी (डिपी) निर्वाचित भएका छन् ।नेपाल पत्रकार महासंघ…
-
नेपाल पत्रकार महासंघमा पनि सरकारी गठबन्धनको प्रभाव: सरकारी गठबन्धन विरुद्ध खड्काको विद्रोह
by Tanahu Awajby Tanahu Awajदमौली/नेपाल पत्रकार महासंघको २७ औं अधिवेशनमा पनि सरकारी गठबन्धनको प्रभाव देखिएको छ । अघिल्ला…
-
दमौली/टंकनाथ शैक्षिक प्रतिष्ठानले टंकनाथ पराजुलीको दशौं स्मृति दिवसका अवसरमा प्रकाशनमा ल्याएको ‘टंकनाथ पराजुली स्मृतिदर्पण’…
-
आँबुखैरेनी/मृगौलाका बिरामीको डायलसिस सेवा सञ्चालन गर्नका लागि आँबुखैरेनी अस्पताल स्वास्थ्य सेवा विभागमा सुचीकृत भएको…
