पोखरीछाप एकल महिला समाज भानु–१३ ले विश्व एकल महिला दिवस मनाएको छ । समाजले आफ्ना सदस्यहरुका लागि मेच घुमाई प्रतियोगिता गरेर उक्त दिवस मनाएको हो । समाजकी अध्यक्ष मधुमायाँ बानियाको अध्यक्षतामा आयोजित प्रतियोगितामा कुमारी विक प्रथम, डलिमाया गुरुङ द्वितीय तथा हरिमाया गुरुङ तृतीय भएका थिए । प्रतियोगितमा विजयी प्रतियोगीहरुलाई प्रमुख अतिथी व्यास नपाकी कार्यपालिका सदस्य सुनसरी गरुङले पुरस्कार वितरण गरेकी थिइन । नेपाल रेडक्रस सोसाइटी कलेस्ती उपशाखाले प्रायोजन गरेको पुरस्कार वितरण गर्दे प्रमुख अतिथी गरुङले एकल महिला माथि अझै पनि विभेद हुने गरेको भन्दै यस्तो विभेद हटाउनु पर्ने उल्लेख गरिन् ।
कार्यक्रममा महिला सञ्जालकी अध्यक्ष सिता पौडेल, वडा सदस्य शान्ता मौरती, मनु खड्का, सइत मियाँ, गिता अधिकारी, कल्पना थापा तथा विष्णु अधिकारी लगाएतले एकल महिलामाथि हुने अनेकौं दुव्र्यवहारका घटना उल्लेख गर्दै यस्ता घटना आगामि दिनमा हुन नहुने बताए । नेरेसो कलेस्ती उपशाखा सभापति बाबुराम खनालले दिवसको महत्वबारे बताएको प्रतियोगितामा २२ एकल महिलाको सहभागिता रहेको थियो । हरेक वर्ष जुन २३ तारिखमा विश्वभर एकल महिला दिवस मनाउने गरिन्छ । यो नवौं एकल महिला दिवस हो ।
समाचार
-
विशेष सम्वाददाता/नेपाल सरकारले गुठी विधेयक फिर्ता लिए पनि सडकमा उत्रेको जनसागर मत्थर भएन ।…
-
दमौली/नेपाली भाषा शिक्षक परिषद् तनहुँको आयोजनामा दमौलीमा नेपाली भाषा तथा व्याकरण शिक्षण समस्या विषयक…
-
गजौंडे/केन्द्रिय दुग्ध उत्पादक सहकारी संघले व्यास नगरपालिका ९ गजौंडेका पशुपालक किसानलाई एक दिने अभिमुखिकरण…
-
कलेस्ती/व्यास नपा– ९ कलेस्तीमा रहेको कलेस्ती उपत्यका महिला विकास समाजको तेस्रो साधारण सभा सम्पन्न…
-
दमौली/शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्रको परीक्षा आवेदन खुल्ला गरेको छ । आवेदन दिने…
-
गण्डकी प्रदेश सरकारको बजेट-पूर्वाधार विकास र पर्यटन लगायत ७ क्षेत्र प्राथमिकतामा
by Tanahu Awajby Tanahu Awajदमौली/गण्डकी प्रदेश सरकारका अर्थिकमामिलामन्त्री किरण गुरुङले आइतबार प्रदेश सभामा आर्थिक वर्ष २०७६÷०७७ का लागि…
-
कार्यकर्ताले भने, नेता सुध्रनु प–यो हामी ठिक छांै दमौली÷नेपाली कांग्रेसले सञ्चालन गरेको पहिलो चरणको…
-
चन्द्रा पौडेल भादगाउँ रुम टु रिडको व्यवस्थापनमा सञ्चालित कक्षाहरु अवलोकन गर्ने क्रममा मंगलबार दमौली…
-
करङकाठ÷सामुदायिक सेवा केन्द्रले आफ्नो स्थापना दिवसको आवसर पारेर गरेको रक्तदान कार्यक्रम आईतवार सम्पन्न भएको…
