पछिल्लो पटक आइतबार रातीबाट लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ तथा डिजलमा प्रतिलिटर २७ रुपैयाँका दरले मूल्य वृद्धि गरेको छ । यो संगै पेट्रोलको मूल्य प्रतिलिटर रु १९९ तथा डिजेल प्रतिलिटर रु १९२ भएको छ ।
रसिया तथा युक्रेनकाबीच भएको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा वृद्धि भएको र त्यसको प्रत्यक्ष प्रभाव यहाँ परेको भन्दै सरकार र आयल निगमले मूल्य वृद्धिको वचाउ गरेका छन् । तर खासगरी लोककल्याणकारी भनिने सरकारले खरिद मूल्यमा करको भार थोपरेर आमनागरिकलाई महंगीका मारमा पार्नु राम्रो होइन । नेपाल आयल निगमका अनुसार इन्डियन आयल कर्पाेरशनसंग १३१.९१मा किनेको पेट्रोल नेपाली उपभोक्ताले १९९ तिरेर किन्नु परेको छ । दमौलीको कुरा गर्ने हो भने त झन २०१ रुपैयाँ तिर्नु पर्छ । सर्वसाधारणको जीवनसंग अझ धेरै जोडिएको डिजेल नेपाल आयल निगमले १४६ रुपैयाँमा किन्छ र १९२ रुपैयाँमा बेच्छ । पेट्रोलमा सरकारले ६५.६१ रुपैयाँ कर लगाएको छ भने डिजेलमा ४९.५३ रुपैयाँ कर लगाएको छ । यी करहरुमा केही कमी गरेर आम नागरिकलाई राहत दिन सकिने अवस्था भएपनि विभिन्न बहाना बनाउँदै हप्तैपिच्छे गरिएका इन्धनको मूल्य वृद्धि अक्षम्य छ ।
सरकारी आम्दानीको श्रोत कर हो भन्ने कुरामा दुइमत छैन तर अचाक्ली कर लिएर आमनागरिकको जनजीवन अस्तव्यस्त बनाउने अधिकार सरकारलाई छैन । विद्युतिय सवारी आयतमा करका दरमा कमी गरेर इन्धनमा आयातमा कमि ल्याउन सकिन्थ्यो । घरायसी प्रयोगको विद्युत महसुल घटाउने हो भने पनि भान्सामा ग्याँसको साटो विद्युतको प्रयोग बढ्ने थियो । ठूला बडाहरुलाई वर्षेनी बाँडिने इन्धनको कोटा कटौती गर्ने हो भने पनि निगमको घाटा कम हुने थियो भने सर्व साधारणले महंगीका मार खप्नु पर्ने थिएन ।
एक वर्षको अन्तरालमा झण्डै पेट्रोलमा ५६ प्रतिशत तथा भण्डै ७३ प्रतिशतले वृद्धि भएको छ । यो वृद्धि अचाक्ली भयो । सरकारले नागरिकलाई राहत दिनेगरी करको दरमा परिवर्तन गर्ने पहल तत्काल थालोस् । गरिब नागरिकमाथि महंगीको भार थप्ने काम तत्काल सरकारले सच्याओस् ।
विचार/दृष्टिकोण
-
पृष्ठभूमिःमौलिक अधिकारको प्रचलन गराउने राज्यद्वारा स्थापित न्यायीक संस्था हो अदालत । मौलिक अधिकार प्रायः…
-
खडेरी अर्थात हामीले बुझ्ने सामान्य भाषामा लामो समय पानी नपर्नु । लामो समय पानी…
-
देशमा बेग्लै आँधीबेरी चलेको छ । मनमा बेग्लै । एकातिर लगातारको वर्षाले जनजीवन प्रभावित…
-
“रक्तदान जीवन दान” हामीले बारम्बार सुन्दै आएको स्लोगन हो यो । विभिन्न कारणले शरिरमा…
-
छ ?” निबन्ध पढ्दा नेपाल सानो छैन भन्ने लाग्छ । हुन पनि विश्वको सर्वाेच्च…
-
गरेछन् । तर दुर्भाग्य भनौं, उनले मोलेको त्यो जोखिम उनको लागि धेरै महंगो पर्न…
-
पृष्ठभूमिःस्थानीय सरकार सञ्चालन ऐनले भवन निर्माण तथा सडक सम्बन्धी व्यवस्था गरेको छ । यो…
-
नेपाली समाजमा यौन हिंसा विरुद्धमा उजुरी दिने हदम्याद हटाउनु पर्ने बहस चर्चाको शिखरमा रहेको…
-
पृष्ठभूमिःभवन निर्माण संहिताको पूर्ण रुपमा कार्यान्वयन गरी सुरक्षित भवन निर्माणको सुनिश्चितता प्रदान गर्न व्यास…
