पर्सी शनिबार आदिकवि भानुभक्तको २११ औं जन्मजयन्ती मनाइँदैछ । भानु जन्मस्थल विकास समितिले यो अवसरमा तीन दिने कार्यक्रम गर्ने कार्यतालिका समेत सार्वजनिक गरिसकेको छ । समितिका अनुसार पहिलो दिन असार २७ गते स्थानीय मठमन्दिरमा पुजा अर्चना र साँझ दिपावली, दोस्रो दिन अर्थात असार २८ गते भानुभक्तीय रचना पाठ प्रतियोगिता, खुल्ला कविता प्रतियोगिता, विद्यालय स्तरीय खुल्ला कविता प्रतियोगिता तथा देश विदेशबाट आएका पाहुनालाई सम्मान गर्ने तथा अन्तिम र भानुको जन्म भएको दिन असार २९ गते भानुभक्तको प्रतिमामा पुजा तथा पञ्चकन्याबाट रामायण वाचन, श्रद्धाञ्जली सभा, कवि गोष्ठी, विविध साहित्यिक एवं सांस्कृतिक कार्यक्रम, भानुभक्तीय नाटक तथा झाँकी प्रदर्शनको कार्यक्रम रहेको छ ।
भानु जन्मस्थल चुँदीलाई साहित्यिक तीर्थस्थलका अतिरिक्त सांस्कृतिक एकताको थलोका रुपमा विकास गर्ने उद्देश्यका साथ त्यहाँ उनको सय फिट अग्लो प्रतिमा बनाउने कार्यक्रम भानु नगर पालिकाको रहेको छ । अन्य विभिन्न भौतिक संरचना समेत निर्माण गरी नेपाली भाषा, साहित्य, संस्कृति, पर्यटन, कला र राष्ट्रिय सम्पदाहरुको संरक्षण सम्वर्धन गर्ने थलोका रुपमा चुँदी रम्घालाई परिचित गराउने योजना पनि भानु नपाले बनाएको छ । यसका लागि हाम्रा तीन तहका सरकारहरुको थप तदारुकताको अपेक्षा नेपाली भाषा,साहित्यको मायाँ गर्नेहरुले गरेका छन् । भानुको जन्मघर शिखर केटेरीको पुनः निर्माण, रामायण घर निर्माणको काममा गति लगाएत अन्य थुप्रै कामको अपेक्षा भानुवासी र समग्र देशवासीको रहेको छ ।
भानु जन्मस्थललाई विश्व समुदायमा चिनाउन गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँले केही वर्ष अगाडि चुँदीमा अन्तर्राष्ट्रिय कवि सम्मेलन समेत सम्पन्न गरेको छ । यो एउटा उदाहरणिय र अुनकरणिय काम
हो । यस्तै कामहरु अन्य संघसंस्थाहरुले पनि गर्ने हो भने भानुको सच्चा सम्झना गरेको हुनेछ । भानुको जन्मजयन्तीको अवसरमा नेपाली भाषा साहित्यको थप उत्थानको कामना ।
विचार/दृष्टिकोण
-
पृष्ठभूमिःन्याय सम्पादनको अभिन्न अंग हो वकालत । स्वतन्त्र, निष्पक्ष र सक्षम न्याय पालिका, विधिको…
-
दमौलीका वासिन्दाको आसन्न र सम्भाव्य जोखिम बारे चर्चा गर्नु अगाडी ओशोले प्रवचनका क्रममा प्रस्तुत…
-
स्थानिय तहले बार्षिक कार्यक्रम, उद्देश्य, लक्षहरु, जनताको आवश्यकता पहिचान गरि निर्धारण गर्नपर्दछ। स्थानिय जनतासँग…
-
गत साता प्रकाशित भएको माध्यमिक शिक्षा परीक्षा(एसईई) को नतिजा सम्बन्धि चर्चा अझै सेलाएको छैन…
-
गएको साता सामाजिक सञ्जालमा आएका दुइवटा तस्विरले मन छोयो । एउटा तस्विर हुरीले छानो…
-
गलत तरिकाबाट बनाइएका योजनाले जनसहभागिता जुटाउने विश्वसनियता गुमाएको न योजना असफलहुनाको कारण कार्यान्वयनमा असफलता,…
-
पर्सी असार १५ । यो दिनलाई राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिनको…
-
खडेरी अर्थात हामीले बुझ्ने सामान्य भाषामा लामो समय पानी नपर्नु । लामो समय पानी…
-
विश्व अर्थव्यवस्थाको बारेमा चर्चा गर्दा अर्थनीति साधारणतया मौद्रिक नीति तथा बित्तिय नीतिबाट संचालित हुन्छ…
