गत जेठ ३ गते नेपाल कम्युनिस्ट पार्टी एमालेका तत्कालिन महासचिव मदनकुमार भण्डारी र जीवराज आश्रितको चितवनस्थित दासढुङ्गामा जिप दुर्घटनामा परि रहस्यमय ढंगले मृत्यु भएको ३१ वर्ष पूरा भएको छ । भण्डारी र आश्रितको घटनास्थलमै मृत्यु भएको थियो भने चालक बाँच्न सफल भएका भएपनि दुर्घटनाको ८ वर्षपछि चितवन मै हत्या भएको थियो । जिप चालक अमर लामाको हत्यासंगै २०५० जेठ ३ को उक्त दुर्घटनाका लगभग सबै रहस्यहरु रहस्यकै गर्भमा रहने भएका छन् ।
२००९ सालमा ताप्लेजुङमा जन्मेका मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलिय जनवादलाई नेकपा एमालेले आफ्नो मार्गदर्शक सिद्धान्त मान्दछ । कट्टर बामपन्थलाई प्रजातान्त्रिक धारमा बदल्न र बहुलबादको पक्षपोषण गर्न सफल भण्डारीले प्रतिपादन गरेको जबजको माला जप्न एमालेले छोडेको छैन तर तिनैका प्रणेता भण्डारीको मृत्युको कारण खोज्न भने चासो देखाएको छैन । कुसल संगठक मानिने गुल्मीको हरेवामा विसं २००१ सालमा जन्मेका आश्रितको योगदानको चर्चा एमाले भित्र अहिले पनि हुने गर्छ तर उनको मार्गलाई पछ्याउने कार्यकर्ता एमालेमा पाउन मुस्किल हुन थालेको छ ।
भण्डारी पत्नी विद्यादेवी भण्डारी दुइ पटकसम्म देशको सर्वाेच्च पद, राष्ट्रपतिमा आसिन भइन्, भण्डारीले नेतृत्व गरेको पार्टी एमाले दर्जनौं पटक सत्तामा गयो । यसका थुप्रै नेताहरु प्रधानमन्त्री र मन्त्री भए अनि आश्रित पत्नी मायाँ सामानुपातिक सांसद भईन् तर कसैले पनि भण्डारी र आश्रितको मृत्युको रहस्य खोज्ने चासो देखाएनन् । भण्डारी र आश्रितको मृत्यु स्वाभाविक होइन, यसमा षडयन्त्र छ भनेर निर्वाचनका बेला चिच्याउने बाहेक कुनै काम उनीहरुको पार्टी, त्यसका कार्यकर्ता र परिवारले गरेको देखिएको छैन ।
एमाले अहिले पनि सत्तामा छ र प्रधानमन्त्री एमालेको नभएपनि सत्तामा उसैको हालीमुहाली
छ । यस्तो बेला तुच्छ राजनैतिक फाइदाका लागि भण्डारी र आश्रितको नाम जप्नु साटो सत्य तथ्यको खोजी गर्न सक्दा मदन र आश्रितको आत्माले शान्ति पाउने थियो । स्मृति दिवसको अवसरमा ढिलै भएपनि भण्डारी र आश्रित प्रति शव्द–श्रद्धा ।
विचार/दृष्टिकोण
-
भिण्डी, शायद यो तरकारीसंग अपरिचित नेपाली कोही छैन । र यसको अचार वा तरकारी…
-
व्यास नगर पालिकालाई गत मंगलबारबाट प्लाष्टिक झोला मुक्त घोषणा गरिएको छ । प्लाष्टिकका कारण…
-
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) सकिएर यो आलेख तयार पार्दा सम्म उत्तर पुस्तिका…
-
पृष्ठभूमिःविज्ञापन नियमन गर्ने ऐन २०७६ बमोजिम विज्ञापन(नियमन गर्ने) पहिलो संसोधन नियमावली २०८० मा समावेश…
-
गत साता में १ मा संसारभर विश्व मजदुर दिवस मनाइयो । विश्वभर आफ्ना हातगोडाका…
-
-
पृथ्वी राजमार्गको पोखरा मुग्लिन खण्ड विस्तारको क्रम चलिरहेको छ । आँबुखैरेनी. जामुने एक खण्ड…
-
सरदार भीमबहादुर पाँडेले आफ्नो पुस्तक ‘त्यस बखतको नेपाल’ मा राणा शासनको पछिल्लो तीन दशकका…
-
