समुदायमा आधारित पर्यटन प्रवद्र्धन र विकासका लागि व्यास नगरपालिकाले नयाँ उपायको खोजी थालनी गरेको छ । गत साता वडाध्यक्ष, विद्यालयका प्रधानाध्यापक, उद्योग वाणिज्य संघका प्रतिनिधि, स्थानीय पर्यटन व्यवसायी, पर्यटन व्यवसायमा चासो राख्ने स्थानीय व्यक्ति तथा समुदाय र पत्रकार जम्मा पारेर एक गोष्ठीको आयोजना ग¥यो । गोष्ठीमा सहभागीलाई समूहमा विभाजन गरेर आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन र विकासका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्यक्रमको खाका समेत तयार पा¥यो ।
सहभागीहरुले समूहगत रुपमा नगरपालिकालाई पर्यटकको आकर्षण बढाउने अल्पकालीन, मध्यकालीन र दीर्घकालीन उपाय, पूर्वाधार विकास, समावेशी मानव संसाधन विकास, उद्योग व्यापार विकास, सांस्कृतिक संरक्षण र विकास, होमस्टे व्यवस्थापन लगाएत विषयमा सुझाब प्रस्तुत गरेका छन् ।
सन् २०१९ को अन्त्य तिर देखा परेको कोरोना भाइरसले संसारको पर्यटनलाई झण्डै ध्वस्त बनाएको थियो । कोभिड पछि धेरै देशहरु पूर्ववत अवस्थामा फर्केका छन् भने नेपाल लगाएत कतिपय देशहरु अझै २०१९ अघिको अवस्थामा फर्कन सकेका छैनन् । हामीले पर्यटनको विकासका लागि विभिन्न उपायहरु अपनाउनु पर्ने भएको छ । तर केही हाम्रा कदमहरु यस्ता छन्, जसले पर्यटनको विकास होइन बरु नेपाल आएका पर्यटक फेरी फर्केर नआउने अवस्था हामी बनाई दिन्छौं । आन्तरिक पर्यटक पनि त्यो ठाउँमा फेरी नजाने अवस्था बनाउँछौं ।
होमस्टे भन्यो बजारमा बनेका मःम र चाउचाउ पकाएर पाहुनालाई खान दिएर अब हुँदैन । न्यानो आतिथ्य गर्ने कुरा त छँदैछ । हामी चाहे त्यो आन्तिरिक होस् चाहे वाह्य पर्यटक त्यो संग सकेसम्म धेरै असुल्ने हो भन्ने मानसिकतामा छौं । पर्यटकलाई कंक्रिटको जंगल मन पर्दैन भन्ने जानेर पनि फेरी त्यही जंगल खडा गर्ने होड हामीमा छ । यस्ता विरोधाभाषी थुप्रै कुराले पर्यटन प्रवद्र्धनमा समस्या आएको हो । त्यसैले व्यासले आफुले गरेको सकारात्मक थालनीलाई प्रतिवद्धताका साथ कार्यान्वयनमा ल्याउन सकोस् । यसले व्यासको समग्र विकासमा पक्कै सकारात्मक सहयोग पुग्नेछ ।
विचार/दृष्टिकोण
-
पृष्ठभूमिःपाँच बर्ष अघि केपी ओली नेतृत्वको सरकारले राष्ट्रिय सभामा दर्ता गराएको अख्तियार दुरुपयोग अनुसन्धान…
-
विश्वव्यापिकरण प्रक्रिया सर्वब्यापी र समाज परिवर्तनको नविनतम अबधारणाको रुपमा स्विकारिएको सर्बमान्य विचारधारा हो ।…
-
व्यास नगर पालिका नगर कार्यपालिकाको साउन २२ मा बसेको बैठकले पालिका भित्रका सामुदायिक विद्यालयहरु…
-
नेपालको निर्वाचन प्रणाली अत्यन्त खर्चिलो भएको साथै कतिपय मतदाता पेट्रोल, रक्सी तथा मासुको प्रभावमा…
-
पृष्ठभूमिःन्यायका उपभोक्ताहरुले ठूलो आशा र भरोसाका साथ न्याय पाउनका लागि अदालतसम्मको यात्रा निर्धारण गर्दा…
-
आर्थिक बिकास दिर्घकालीन परिवर्तनको परिणाम हो । पूर्ण स्वतन्त्रताको स्थितिमा बढि मुनाफाद्वारा प्रेरित भएर…
-
पृष्ठभूमिःसहकारी र लघुवित्तमा आर्थिक अपचलनका मुद्दाहरुले अदालतको कार्यभार बढाएकोछ । मुद्धाको रुप हेर्दा सहकारीका…
-
गाउँ घरमा हाम्रा हजुरबुबा तथा हजुरआमाहरु नराम्रो सपना देख्यो भने कोल्टे फेर्न, सिरानी उल्ट्याउन…
-
आर्थिक क्षेत्रहरूमा आइपरेका विकासका समस्यालाई हटाउन सरकार बढि अग्रसर हुनु पर्दछ । हाम्रो देशको…
