काठमाडौँको बुढानीलकण्ठ नगरपालिकामा रहेको इम्पेरियल वर्ल्ड स्कुलमा दुई दिने काठमाडौँ साहित्य महोत्सवको आयोजना गरिएको थियो । दुई दिन सम्म चल्ने साहित्य महोत्सव फागुन १४ र १५ गते चलेको थियो । 
महोत्सवको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ हास्य व्यङ्ग्य कलाकार मदनकृष्ण श्रेष्ठले आफ्नो अभिनय र गायन यात्राका सुरुवातका दिनहरूको स्मरण गर्दै बालबालिकालाई स्कुल पढ्दा देखि नै साहित्य, कलामा सिक्ने अवसर पाएको भन्दै सुवर्ण अवसरको सदुपयोग गर्न आग्रह गरे ।
   महोत्सवमा विद्यालयका बालबालिकाहरूले लेखेका नेपाली भाषाको कथा संग्रह परिवर्तनका आभाहरू नामक पुस्तक र अङ्ग्रेजी भाषामा लेखिएको आई विल टेल यु अ स्टोरी पुस्तक विमोचन पनि गरिएको थियो । 
महोत्सवको उद्घाटनमा स्कुलका संस्थापक अध्यक्ष कुमार कार्की, स्कुलका प्रधानाध्यापक जुनीता शाही कार्की लगायतले बोलेका थिए ।  
महोत्सवमा कला, भाषा,गीत, सङ्गीत तथा वाद्यवादन लगायतका विभिन्न क्षेत्रका २२ जना विज्ञले विद्यार्थीसँग सम्बन्धित विषयमा विशेष अन्तरक्रिया गर्ने र विद्यार्थीहरूले बनाएका विभिन्न चित्रहरूको प्रदर्शनी र नेपाली, अङ्ग्रेजी भाषामा नाटक मञ्चन समेत गरेको इम्पेरियल वर्ल्ड स्कुलले जनाएको छ । 
साथै नेपाली कला संस्कृति झल्किने सामाग्रीहरू, गणित विषयमा प्रयोग गरिने विधिहरूका सामाग्रीहरूका साथै विद्यार्थीहरूले बनाएका विभिन्न चित्रहरू प्रदर्शन गरिएको थियो ।
												कला/मनोरन्जन
- 
	
 - 
	
 - 
	
 - 
	
लघुचलचित्र ‘द स्कुल वालु नाईजेरिया र जिम्वावेमा छनोट भएको छ । बालमनोविज्ञानमा आधारित यो…
 - 
	
 - 
	
तिजको मौलिक गुन्जनः विरलै सुन्न पाइने तिजको मौलिक गित, नाँच र वाद्यवादन तिजको दिन…
 - 
	
“बुट्टे चोली धोइछु छुन्न नभनमाइत जान्छु राजै हुन्न नभन”श्रीमती घर नहुनासाथ बाहिर डुल्ने श्रीमान्लाई…
 - 
	
नेपाली हास्य जगतका बादशाह हरिवंश आचार्यले कुनैपनि काम ठूलो सानो नहुने भएकाले सबै कामको…
 - 
	
सिँहदरबार छिरेपछि कुर्सी मनपर्यो ।”यसैगरी विभिन्न भ्रष्टाचारका फाइल खुल्नासाथ भेटघाट गर्ने र त्यसलाई सामसुम…
 
 Newer Posts
											