कमलावारी/रुम टु रिड तथा पढ्नका लागि कोठा कार्यक्रम अन्तर्गत सिद्धेश्वरी मावि व्यास–१२ कमलबारीमा सञ्चालित बालिका शिक्षा कार्यक्रमको मंगलबार व्यास नपाको अनुगमन तथा अन्तरक्रिया सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फमबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जीवन उपयोगी सत्रको अवलोकन, विद्यालयका कक्षा ९ र १० मा अध्ययनरत बालिका, सामाजिक परिचालक तथा विद्यालयका प्रतिनिधिसंग अन्तरक्रिया गरिएको थियो ।
कार्यक्रममा बालिका शिक्षा कार्यक्रमलाई अझ प्रभावकारी बनाउन आगामी दिनहरुमा के कस्तो सहयोग गर्न सकिन्छ भन्ने विषयमा समेत छलफल भएको कार्यक्रमकी वरिष्ठ सामाजिक परिचालक सिर्जना पराजुलीले बताइन् ।
पराजुलीका अुनसार अन्तरक्रियामा व्यास नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदीले बालिकाहरुसंग सिकाइलाई व्यवहारमा उतार्न तथा जीवन उपयोगी सीप धेरैभन्दा धेरै बालिकामा पु¥याउन आग्रह गरे । व्यास नगर शिक्षा शाखा प्रमुख नविन पराजुलीले आगामी शैक्षिक सत्रबाट जीवन उपयोगी सिप सम्बन्धी विषयवस्तु पाठ्यक्रममै समावेश गर्न लागिएको बताए ।
अन्तरक्रियामा सहभागी हुँदै कक्षा १० की छात्रा सजना गैरेले कार्यक्रमले आफुमा नेतृत्व क्षमता विकासमा सघाएको, पढाइमा मद्दत पुगेको, तनाव व्यवस्थापनमा सहयोग पुगेको तथा आत्मविश्वास बढेको बताइन् । सहभागीहरुले बालिका शिक्षा कार्यक्रमले बालिकाहरुमा सकारात्मक परिवर्तन ल्याएकोले स्थानीय सरकारले संस्थासंगको सहकार्यमा अन्य विद्यालयमा पनि सञ्चालन गर्नुपर्ने बताए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद अधिकारी, सहायक प्रअ प्रतापसिंह अधिकारी, रुम टु रिडका कार्यक्रम अधिकृत नित्यानन्द पाण्डे, कार्यक्रम सहायक मिना मजाकोटी, पत्रकार महासंघ तनहुँका सभापती उज्ज्वल पौडेल शिक्षक सिता कैनी लगाएतको उपस्थिती रहेको थियो भने समाजिक परिचालक सुस्मिता सुनारले एक घण्टाको बालिकाका लागि परिवार प्रति समभाव शिर्षक सत्र सञ्चालन गरेकी थिइन् ।
बालिका शिक्षाको अनुगमन र अन्तरक्रिया
previous post