20.3 C
Damauli
October 7, 2026
Tanahun Awaj
समाचार

बालिका दिवसमा विविध कार्यक्रम

कमलबारी । १२ आंै अन्तर्राष्ट्रिय  बालिका दिवसको अवसर पारेर सिद्धेश्वरी मावि कमलबारीमा वक्तृत्वकला तथा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । 
पढ्नका लागि कोठाद्वारा संचालित बालिका शिक्षा कार्यक्रम संगको सहकार्यमा  विद्यालयले कक्षा ४, ५ र ६ का लागि बालिका शिक्षाको महत्व शीर्षक चित्रकला प्रतियोगिता तथा कक्षा ७ र ८ का लागि बालिका शिक्षाको महत्व शीर्षक वक्तृत्वकला प्रतियोगिता र कक्षा ९ र १० का लागि बालविवाहका नकारात्मक असर विषयक वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको हो ।  
१२ जना विद्यार्थी सहभागी बालविवाहको नकारात्मक असर विषयक वक्तृत्वकला प्रतियोगितामा कक्षा १० की छात्रा सजना गैरे प्रथम भईन् । यसैगरी कक्षा १० कै छात्रा बसन्ती शाही द्वितीय तथा सोही कक्षाकी लक्ष्मी गैरे तृतीय र किस्मत बयलकोटीले सान्तवना स्थान हासिल गरे । 
बालिका शिक्षाको महत्व शिर्षक वक्तृत्वकलामा कक्षा ८ कि छात्रा वर्षा विक प्रथम भइन् । प्रतियोगितामा एलिसा बराल द्वितीय, समिक्षा थापा तृतीय र सुरक्षा पन्तले सान्त्वना स्थान हासिल गरिन् । 
बालिका शिक्षाको महत्व शिर्षक चित्रकला प्रतियोगितामा ४२ प्रतियोगिलाई उछिन्दै कक्षा ४ का छात्र अभिषेक विक प्रथम भए । 
यसैगरी प्रतियोगितामा अंशु सुर्खाली द्वितीय तथा गौतम रुचाल तृतीय भए भने सन्तोष थापा सान्त्वना हुन सफल भए । कार्यक्रममा पढ्का लागि कोठा कार्यक्रमकी वरिष्ठ सहजकर्ता सिर्जना पराजुलीको उपस्थिती रहेको थियो ।  

Related posts

प्रश्न गर्ने नयाँ तरिका

admin

तनहुमा न्यायीक निरिक्षण

admin

मंसिर दुईमा आमनिर्वाचन

admin