Tanahun Awaj
समाचार

निवन्ध प्रतियोगितामा सत्यवती प्रथम

फोटो व्यास सूचना प्रविधि शाखा

दमौली/तनहँुको व्यास नगरपालिकाले संविधान दिवसको अवसरमा आयोजना गरेको अन्तर विद्यालय स्तरीय निवन्ध लेखन प्रतियोगितामा सत्यवती माध्यमिक विद्यालयका विपिन श्रेष्ठ प्रथम भएका छन् । प्रतियोगितामा सत्यवतीकै सचिन श्रेष्ठ द्वितिय भएका छन् भने जनजुक्त शाही माविका सन्जिता परियारले तृतिय स्थान हासिल गरेकी छन् । विजेतालाई क्रमशः पाँच हजार, चार हजार र तीन हजार सहित प्रमाण पत्र प्रदान गरिएको थियो ।
को पुरस्कार वितरण गरेको छ । विहिबार नगरपालिकाको हलमा एक कार्यक्रम आयोजना गरि विजेतालाई पुरस्कार वितरण गरेको हो ।
कार्यक्रममा विजेतालाई जिल्ला समन्वय समिति तनहँुका प्रमुख शान्तिरमण वाग्ले, नगरप्रमुख वैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी छविलाल रिजालबाट प्रदान गरिएको थियो ।
प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा शिक्षा शाखाका निमित्त प्रमुख नविन पराजुलीले संचालन गरेका थिए भने शिक्षा विकास तथा समन्वय इकाई तनहँुका प्रमुख उद्धवरज जमरकटेलले स्वागत मन्तव्य राखेका थिए

Related posts

निलम्वित प्रधानन्यायाधीश विरुद्ध महाभियोग पारित होला ? हुन नसक्दा न्यायालयको छवि विगार्ने संसद कि न्यायाधीश ?

admin

विद्यार्थीलाई दिवा खाजा

admin

प्रतिवादी पक्षको बहस निरन्तर

admin