विशेषसम्वाददाता/नेपाली काँग्रेस क्षेत्र नं. १ को क्षेत्रीय सम्मेलनलाई प्रमुख अतिथिको सम्बोधन गरेका काँग्रेस नेता शेखर कोईरालामा नेतृत्व क्षमता नभएको बुझेका तनहुँ काँग्रेसका कार्यकर्ता निराश भएका छन् । आफूले गुट नबनाएको बताएर तनहुँका कार्यकर्ता माझ कोइरालाले झुट बोलेको कार्यकर्ता बीच टिकाटिप्पणी शुरु भएको छ । शंकर भण्डारी र ध्रुब वाग्लेले तनहुँ काँग्रेसमा आफ्नो पकड जमाई शेरबहादुर देउवाको गुट बलियो भएको सन्देश दिएको बुझेका कोईरालाले आफ्नो गुट नभएको बताउँनुको पछाडि तनहुँमा आफ्नो गुट कमजोर भएको स्वीकार गरेको आमकार्यकर्ता बीच चर्चा चलेको छ /
शेरबहादुर देउवाले नेपाली काँग्रेसको संगठनलाई आरजु स्वार्थमा चलाएर ध्वस्त पारेको बुझेका तनहुँ काँग्रेसका कार्यकताहरुले काँग्रेस नेता डा. शेखर कोईरालाप्रति ठूलो आशा र भरोसा गरेका थिए । तर भदौको १५ गते शुक्रबार दमौलीमा आयोजित क्षेत्रीय सम्मेलन मार्फत दिएको सन्देशले कोईरालाले सत्य लुकाएर कार्यकर्तालाई निराश तुल्याउने लुते छवि बनाएका छन् ।
क्षेत्रीय सम्मेलनलाई सम्बोधनका क्रममा रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि र गोविन्दराज जोशी पार्टी भन्दा बाहिर भएपछि गुट नै अन्त्य भएको बताउँदा शेखर गुटको ग्रीन सिग्नल पाई पिलर बनेर उभिएका बैकुण्ठ न्यौपाने मुरमुरिएका छन् भने शेखर गुटको नेतृत्व गर्न लालायित भएर कोइरालाको आर्सिवाद माग्दा बैकुण्ठ न्यौपानेसंग मिलेर काम गर्न निर्देशन पाएपछि कुँदेर शंकर भण्डारीको कार्यकर्ता बन्न पुगेका कृष्णप्रसाद गौतम खुन्चिङ मार्दै रमिते बनेका छन् । कोईरालाको यो सन्देशले तनहुँ काँग्रेसमा पकड जमाउँदै गएका शंकर भण्डारी र ध्रुव वाग्लेलाई थप मजबुत संगठन गर्न बल पुगेको आँकलन तनहुँमा गरिएको छ । कहिले जिल्ला सभापतिहरुको छुट्टै भेला गर्दै देशव्यापी गुटको सञ्जाल बनाउन खोज्ने, कहिले रुपान्तरणको नाउँमा प्रदेशस्तरीय भेला आयोजना गर्ने, निष्कर्षमा आफू भन्दा गगन लोकप्रिय भएको भेऊ पाएपछि शेरबहादुर देउवाको फेर समाउन पुगेका डा. शेखर कोईरालालाई तनहुँका कार्यकर्ताले सोधे– ‘तपाईप्रति जनताको ठूलो भरोसा थियो, तर तपाई पनि भागबण्डाको राजनीति गर्न थाल्नु भएको हो ?’
कोईरालाले लोकतन्त्र, प्रजातन्त्र र राष्ट्रियतालाई बलियो बनाउन आव्हान गर्दा कार्यकर्ताले जवाफ दिएका थिए– ‘नेपाली काँग्रेसले अब व्यानरमा पनि राष्ट्रियता, प्रजातन्त्र, समाजवाद लेख्न छोडेर गुटवाद, नातावाद, टीकावाद लेख्नुपर्ने सल्लाह दिएका थिए ।
निर्दोष समातिनु हुँदैन, र दोषी उम्कनु हुँदैन भन्ने मान्यता आफूले लिएको बताउँदा कार्यकर्ताले भुटानी शरणार्थी काण्डमा मुछिएका बालकृष्ण खाँडलाई निलम्बन गर्न नसकेकोमा र आरुजुलाई संसदीय किसान समितिको सभापति बनाएकोमा आक्रोष पोखेका थिए । कोईरालाले रामचन्द्र पौडेल राष्ट्रपति भएको सुखानुभूति सुनाई रहँदा तनहुँ काँग्रेसका कार्यकर्ताले सत्तामा हालीमुहाली गरेको ३३ बषर्मा पनि राष्ट्रपतिको जन्मथलो पुग्न तनहुँकै बाटोबाट पाईएन, लम्जुङ्ग पुगेर आउनु पर्दछ । अब कहिले
पाईन्छ ? भनेर प्रश्न राखेका थिए ।
चन्द्रबहादुर सार्की, खड्गबहादुर गोदार जस्ता शहिदहरुको सम्मान गर्न कन्जुस्याइ गर्ने काँग्रेसमा अब स्वार्थी, लुच्चा, अवसरवादी कार्यकर्ता मात्र बाँकी रहने, स्वाभिमानी, संकटका बेला नेपाली काँग्रेसलाई बचाउने निष्ठावान कार्यकर्ता बाहिर पारिएकोमा बाँकीले पनि नविकरण नै नगरेकोप्रति वेपरवाह बसेको काँग्रेस नेतृत्वप्रति भानु नगरपालिका सहितका काँग्रेस कार्यकर्ताले आक्रोस पोखेका
थिए । सतप्रतिशत काँग्रेस कार्यकर्ताले काँग्रेस उम्मेदवारलाई मत दिएको भए उपनिर्वाचनमा काँग्रेसको उम्मेदवारले जित्ने बताएका कोईरालालाई काँग्रेसको चुनाव चिन्हमा मतदान नगर्ने काँग्रेस कार्यकर्तासंग अन्तरसम्वाद गरेर कमिकमजोरी सच्याएर अघि बढ्नु पर्ने कुरामा कार्यकर्ताले जोड दिएका थिए ।
क्षेत्रीय सभापति श्याम मौरतीको सभातित्वमा भएको क्षेत्रीय सम्मेलनलाई केन्द्रिय, जिल्ला र स्थानीय स्तरका नेताहरुले सम्बोधन गर्नुका साथै सम्पूर्ण कार्यकर्ता अन्तरक्रिया कार्यक्रममा सक्रिय सहभागि भै आफ्नो विचार राखेको थिए ।
नेता शेखरप्रति तनहुँ काँग्रेस कार्यकर्ता निराश देखिए तनहुँमा गुट निर्माण गरेका कोइरालाले सत्य लुकाए
previous post