30.6 C
Damauli
October 28, 2026
Tanahun Awaj
समाचार

चण्डीदेवी सर्कलद्वारा जनचेतना

फोटोः यमप्रसाद सापकोटा

कुमालटारी/युवा रेडक्रस सर्कल चण्डीदेवी राष्ट्रिय माध्यमिक विद्यालयले जलवायु परिवर्तन सम्बन्धी दुईदिने जनचेतना मूलक कार्यक्रम सम्पन्न गरेको छ ।
शिक्षक नायक यमप्रसाद सापकोटाले दिनुभएको जानकारी अनुसार सर्कलले साउनको २६ र २७ गते दुई दिन व्यास–१० स्थित विद्यालयमा यो कार्यक्रम सञ्चालन गरेको थियो ।
कार्यक्रममा जलवायु परिवर्तनसम्वन्धी विभिन्न खेलका माध्यमद्वारा विद्यार्थीहरुलाई जानकारी दिइएको थियो । कार्यक्रममा जलवायु परिवर्तन सम्बन्धी लघु नाटक पनि प्रदर्शन गरिएको थियो । साथै विभिन्न खेलका माध्यमबाट विद्यार्थीहरुलाई फोहोर व्यवस्थापन गनर्,े सम्बन्धीत ठाउँमा फोहोर फाल्ने, कुहिने र नकुहिने फोहोरलाई व्यवस्थापन गर्ने लगायतका क्रियाकलापका बारेमा जानकारी गराइएको थियो । विविध विषयहरुलाई समेटेर समूह विभाजन गरी विद्यार्थीहरूलाई फोहोर व्यवस्थापन फोहोर न्यूनीकरण तथा व्यवस्थापन सम्वन्धी विविध जानकारी गराइएको थियो । विद्यालयका प्र–अ एवं संरक्षक रामचन्द्र पोखरेलले सर्कलले वर्षभरी गर्ने विविध क्रियाकलाप अन्तर्गत यस्ता कार्यक्रमले विद्यालय समाज र समुदायलाई सकारात्मक प्रभाव दिँदै जनचेतना बढाउन ठूलो टेवा पु¥याउने कुरा व्यक्त गर्नुभएको थियो ।
सर्कलकी अध्यक्ष रोशनी कुंवरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम सर्कलकी सचिव रोशनी थापाले सञ्चालन गर्नुभएको थियो ।

Related posts

नेता शेखरप्रति तनहुँ काँग्रेस कार्यकर्ता निराश देखिए तनहुँमा गुट निर्माण गरेका कोइरालाले सत्य लुकाए

admin

सातदिने हरिनाम संकृतन

admin

नभत्काई निर्माण हुँदैन भन्ने लोकोक्तिको धरातलमा वर्तमान सरकारको १८ बुँदे प्रतिबद्धता पत्र

Deepak Joshi