23.8 C
Damauli
September 20, 2026
Tanahun Awaj
कला/मनोरन्जन

जोगिन्दरको गाईजात्रा “लुछा–चुँडी” सार्वजनिक

टेलिभिजन कार्यक्रम जोगिन्दर पानवालाका प्रस्तोता शिवशंकर प्रसाद रिजालले गाइजात्रा–२०८० को अवसर पारेर आफ्नो व्यङ्ग्य प्रस्तुती “लुछा–चुँडी” सार्वजनिक गरेका छन् । 
ओएसआर मार्फत सार्वजनिक २७ मिनेट लामो भिडियोमा रिजालले विभिन्न विषयमा व्यङ्ग्य गरेका छन् । गीत र प्रस्तुती मार्फत सयकेजी सुनकाण्ड, ललिता निवास प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण लगाएतमा चोटिलो व्यङ्ग्य कसेका रिजाललाई गीत लेखनमा लोकराज अधिकारीले साथ दिएका छन् भने राधिका हमाल, प्रकाश ओझा तथा कर्णराज गिरीले स्वरले साथ  दिएका छन् ।  
विभिन्न नेताहरुका प्रवृत्तिमाथी पनि व्यङ्ग्य गरिएको लुछा–चुँडीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रति व्यङ्ग्य गर्दै गीतको रुपमा भनिएको छ, “कैले दउवा मनप¥यो कैले ओली मनप¥यो

सिँहदरबार छिरेपछि कुर्सी मनपर्‍यो ।”
यसैगरी विभिन्न भ्रष्टाचारका फाइल खुल्नासाथ भेटघाट गर्ने र त्यसलाई सामसुम पार्न खोज्ने देउवा, अ‍ोली र दाहाल प्रति व्यङ्ग्य गर्दै भनिएको छ, “अझैमाथी पुग्छ कि लहरो भनेर
नेताहरु कुरा गर्छन् ढोका थुनेर”
यातायात व्यवसायी प्रितम सिंह आफुलाई प्रधानमन्त्री बनाउन बारम्बार दिल्ली धाएको भन्ने प्रधानमन्त्री दाहालको भनाई लाई रिजालले गीत मार्फत “कुरा गर प्रितम सिंह दिल्ली जाउन
म प्रधानमन्त्री हुन्छु हुन्न सोधी आउन ” भनेर व्यङ्ग्य गरेका छन् ।
“ कैैले राहदानी दोष, कैले नागरिकता दोष
अदालतले गुल्ट्याएपछि बल्ल खुल्यो होस् ।”
यस्तो भनेर रास्वपा सभापति रवि लामिछाने प्रति व्यङ्ग्य गरिएको लुछा–चुँडीमा कांग्रेस सभापति देउवालाई गठबन्धन टिकाउन कठिन भएको तथा एमाले अध्यक्ष ओली आफुलाई सर्वज्ञ ठान्ने प्रवृत्ति प्रति समेत कठोर प्रहार गरिएको छ ।
प्रस्तोता रिजाल, राधिका हमाल लगाएत विभिन्न ११ कलाकारको अभिनय रहेको लुछा–चुँडी समग्रमा हेर्न लायक नै छ ।

Related posts

हाम्री हजुर आमा–२

admin

मास्क लगाउन भुल्नु भो कि

admin

विष्णु माझीको तीज गीत “बलमा” लोकप्रिय बन्दै

admin