22.2 C
Damauli
October 7, 2026
Tanahun Awaj
समाचार

शासकीय स्वार्थमा कानुन संसोधन

ऋषिराम पोख्रेल अधिवक्ता

पृष्टभूमिः
हाम्रो राज्यसंयन्त्रले राजनीतिक विरोधको नाममा आतंककारी गतिविधि गर्ने र वार्ता द्वारा शान्ति प्रक्रियामा आएमा अदालतमा विचाराधिन मुद्धा फिर्ता लिन पाईने गरी अपराध संहितामा संसोधन गरेपछि आमनागरिकको चासो बढेको छ । विगतका राजनीतिक परिवर्तनले मुलुकमा कानुनको शासन स्थापित गर्ने राष्ट्रिय स्वार्थबाट कानुन निर्माण भएको अनुभूति नागरिकले गर्न पाएन । नेपालको संविधान÷कानुन कि त दाता राष्ट्रहरुको स्वार्थमा कि त शासनमा टिकीरहने स्वार्थमा मात्रै निर्माण र संसोधन हुने गरेको दुःखद अनुभूति गरेर जिउन बाद्य छन् नेपाली ।
मुलुकी ऐन विस्थापनः
२०२० सालको मुलुकी ऐन विस्थापन भयो । त्यसको ठाउँमा संहिता आएको छ । परिवर्तन राष्ट्रिय स्वार्थमा हुनुपर्दछ । तर देशमा राजनेताको अभावले गर्दा मुलुकी ऐन विस्थापन गरेर आएको संहिताको मूल उद्देश्य भनेको नेपाली कानुनमा रहेको नेपाली मौलिकता मास्नु नै हो । संहिता कानुन निर्माण र त्यसमा बर्षैपिच्छे शासकीय स्वार्थमा हुने संसोधनले २०२० को मुलुकी ऐनमा देखिएको परिपक्वता, सुझबुझ र राष्ट्रिय स्वार्थ झल्किन सकेको छैन । दाताको स्वार्थ र इसाराको चटक मात्र पुष्टि भएको छ ।
संविधान संसोधनः
हामीले २००७ सालमा राजनीतिक परिवर्तन ग¥यौं । त्यो राजनीतिक परिवर्तनलाई केही हदसम्म जनताको स्वार्थमा मान्न सकिए पनि विदेशीको मध्यताको सम्झौतामा गएर २००७ सालको क्रान्ति टुँगिनु, झण्डै आठ बर्ष राजनीतिक परिवर्तन अनुसार संविधान सभा र आमनिर्वाचन हुन नसक्नुले हामीलाई कमजोर देखायो । त्यसैगरी २०४६ सालको राजनीतिक परिवर्तनलाई संस्थागत र सुदृढ गर्न हामीले मुलुकमा विधि र पद्धति बसाल्न सकेनौ । परिणाम त्यो संविधानलाई पनि असफल बनाइयो ।
नागरिकता ऐनः
अहिले संसोधन भएको नागरिकता ऐन १२ बुँदे सहमति पछि वितरण भएको झण्डै चालीस लाख गैह्र नेपाली नागरिकलाई नागरिकताको दोस्रो संस्करण मान्दा हुन्छ । नेपालीलाई नेपाली नागरिकता प्रदान गर्न राज्यले चाहेको भए विद्यमान कानुन नै काफि थियो । त्यो समस्या सुल्झाउने तर्फ नलागि सत्ता जोगाउन र निर्देशित नागरिकता प्राप्त गर्न पाउने उदारवादी व्याख्या गरेर सत्तामा टिकिरहने आषयले गैह्रनेपालीलाई नागरिकता प्रदान गर्न नागरिकता ऐन ल्याइएको हो ।
संहिता संसोधनः
पछिल्लो पटक मुलुकी अपराध संहितामा गरेको संसोधन ख्याल ठट्टा जस्तो छ । राज्यले कानुन बनाउँदा राज्य विरुद्ध विद्रोह गर्ने झुट दिएर कानुन बनाउने अभ्यास कहाँबाट ल्याइएको हो । शक्तिपृथकीकरणको सिद्धान्त विपरित अदालतको फैसला र कार्यविधिलाइ निष्तेज पार्ने प्रपञ्च हो । यो सत्ता जोगाउने स्वार्थमा ढुकुटी खर्चेर कानुन बनाउने र संसोधन गर्ने शासकीय मानसिकता पनि एकप्रकारको राष्ट्रघात हो ।
निष्कर्षः
हामीले ल्याएको लोकतन्त्रिक गणतन्त्रले राष्ट्रिय हितमा काम गर्न सकेन । ३३ बर्षको लोकतान्त्रिक गणतान्त्रिक प्रयोगको १७ बर्ष जनदेशको अपमान, उपहास र दुरुपयोगमा वितेको छ । मुलुकलाई चरम पराधिन बनाइएको छ । राज्यका तीनै अंग मात्रै नभएर अन्तराष्ट्रिय संस्था रेडक्रसको वैधानिक अस्तित्वमा लागेको प्रश्नले मर्माहत छ नेपाली स्वाभिमान ।

Related posts

नेपाली काँग्रेसको महासमितिमा हिन्दु राष्ट्र र चुनावी गठबन्धनको औचित्य माथि व्यापक बहस–चुक्यो नेपाली काँग्रेस तनहुँ

admin

जेठ दुइ गते तनहुँ बारको २१औं अधिवेशनअध्यक्षको आकाँक्षी पाँच भन्दा धेरै, पद एक

admin

१२औं दिनसम्म चलेको पाचौं आदिवासी तनहु महोत्सव सम्पन्न
डेढकरोड भन्दा बढीको आर्थिक कारोवार भएको दावी

admin