22.2 C
Damauli
October 7, 2026
Tanahun Awaj
समाचार

विव्यस महासंघ तनहुँमा विष्णुभक्त

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ तनहुँको अध्यक्षमा दमौलीका विष्णुभक्त न्यौपाने चयन भएका छन् । 
	शिवपाञ्चायन माध्यमिक विद्यालय व्यास-३, देउराली नगरका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष न्यौपानेलाई शनिबार सम्पन्न प्रथम अधिवेशनले समर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो । महासंघ अध्यक्षमा निर्वाचित न्योपाने दमौली स्थित शिवकालिका वचत तथा ऋण सहकारी संस्थाका लेखासििमति संयोजकविष् समेत रहेका छन् । 
	१५ पदाधिकारी तथा सदस्य रहने जिल्ला महासंघको उपाध्यक्षमा भगवतीदेवी भण्डारी, तथा सुशील भण्डारी, सचिवनमा कशरबहादुर आले, तथा कोषाध्यक्षमा मनु गुरुङ चयन भएका छन् । यसैगरी महासंघका सदस्यहरुमा युसुफदिन मियाँ, खेमबहादुर श्रेष्ठ, उर्मिला आचार्य ढकाल चयन भएका छन् ।  
	देशभरका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्दै बालबालिकाले गुणस्तरिय शिक्षा  प्राप्त गर्न वातावरण तयार पार्न महासंघका गठन गरिएको अधिवशनका अवसरमा वक्ताहरुले बताएका थिए ।

Related posts

तनहुँमा ९७४ लाई डेँगु संक्रमण, आँबुमा धेरै

admin

ओली सरकारका एक्ला दीप “प्रदीप”

admin

नयाँ मोड लिँदै नक्कली शरणार्थी प्रकरण

admin