25.8 C
Damauli
September 22, 2026
Tanahun Awaj
समाचार

राष्ट्रिय आविमा बाल क्लब र जुरेस गठन

रामजाकोट/राष्ट्रिय आधारभूत विद्यालय ऋषिङ–५ तनहुँमा बाल क्लब र नेपाल जुनियर रेडक्रस सर्कल गठन कार्य सम्पन्न भएको छ ।
राम्जाकोटबाट विद्यालयका प्रधानाध्यापक माधव गिरीले दिनुभएको जानकारी अनुसार विद्यार्थीहरुको भेलाले बाल क्लबको अध्यक्षमा कक्षा ८ का छात्र सन्तोष थापालाई सर्वसम्मत चयन गरेको छ । यसैगरी उपाध्यक्षमा महेश आले, सचिव रिना आले, सहसचिव सृष्टि थापा तथा कोषाध्यक्षमा सरस्वती थापा चयन भएका छन् । क्लबको सदस्यहरुमा आकाश कुमाल, मनित आले, झरना थापा, गोपाल गरंजा, बविता थापा र रश्मी कुमाल चयन भएका छन् । क्लबको सहयोगी शिक्षकका रुपमा शिक्षकद्वय वृहस्पति थापा र अञ्जना गौतमलाई चयन गरिएको प्रअ गिरीले तनहुँ आवाजलाई बताउनु भयो । 
राष्ट्रिय आधारभूत विद्यालयमा गठित जुनियर रेडक्रस सर्कलको सभापतिमा सरस्वती थापा, उपसभापति सलिना कुमाल, सचिवमा गोपाल गरंजा, उपसचिव सुनिता कुमाल तथा कोषाध्यक्षमा प्रविना कुमाल रहेका छन् । यसैगरी सर्कलको सदस्यहरुमा पुनम कुमाल, बसन्त थापा, विजय थापा, सर्मिला कुमाल, बेञ्जु कुमाल र साजन थापा रहेका छन् । सर्कलको नायकमा नरबहादुर थापा तथा सह नायकमा अम्बिका रानाभाट चयन भएका क्लब तथा सर्कलका संरक्षक माधव गिरीले बताए ।  

Related posts

गल्वुवेशिमा अर्को ध्यान गुफा

admin

बलिदानको अवमूल्यन नगर, कार्यशैली बदल-सम्पादकीय

Tanahun Awajweekly

नेकपा एमालेको ११ औं महाधिवेशनओलीको तेस्रो विजय, १९ पदाधिकारीमा ओलीकै वर्चस्व, तनहुँबाट चार केन्द्रीय सदस्य

admin