म्याग्दे÷दभुङ्ग चण्डीदेवी मन्दिरको संरक्षणमा म्याग्दे गाँउपालिकाले चासो देखाएको छ । दभुङ चण्डी देवी मन्दिर संरक्षण समितिले आयोजना गरेको एक कार्यक्रममा पालकिा अध्यक्ष श्रीप्रसाद श्रेष्ठले स्थानिय क्षेत्रमा भएको धार्मिक तथा पर्यटकीय स्थलको संरक्षण तथा संरक्षणमा जोड दिनुपर्ने वताउनुभयो । देशमा आर्थिक उपार्जनको वलियो आधार नै धार्मिक तथा पर्यटनको क्षेत्र भएको हुदाँ त्यसलाई सम्र्वद्दन तथा प्रर्वधनका लागी स्थानिय समुदाय नै लाग्नुपर्ने अध्यक्ष श्रेष्ठले वताउनुभयो । दभुङ चण्डीदेवी संरक्षण समितीले आयोजना गरेको कार्यक्रममा अध्यक्ष श्रेष्ठले सो कुरा वताउनुभएको हो ।
स्थानिय क्षेत्रमा पुरातात्विक महत्व वोकेको स्थलहरु असंख्य छन् तर त्यसको उचित प्रर्वधन हुन सकेको छैन । भएका महत्व वोकेको स्थललाई संरक्षण गर्दे थप विकास गर्ने हो भने स्थानिय पर्यटन मात्र होईन वाह्य पर्यटन पनि आर्कषित गर्न सकिन्छ । जसले गर्दा विकास र समृद्धिमा टेवा पुग्दछ । जहाँ आवात जावत वढि हुन्छ, स्वतः विकास हुने हुदाँ धार्मिक स्थलको महत्व वुझनुपर्ने वहाँले वताए ।
यसैगरि पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले म्याग्दे गाँउपालिका भित्र असंख्य मात्रामा धार्मिक तथा पर्यटीय स्थल रहेको भएता पनि त्यसलाई चिन्न नसकेको वताए । सधै हामीहरु आफैमा विवाद सिर्जना गर्न उद्यत छौ, तर सम्भावनालाई परिणाममुखी वनाउन सक्दैनौ । कम्तीमा पनि आफनो पालिका भित्रको सवै मठमन्दिर पुगियो भने पनि त्यसले धेरै आशा जगाउँदछ । जसले गर्दा हामीमा ईच्छाशक्ति वढाउँछ । आफुमा भएको सुन्दरता देख्न नसक्ने तर नक्कली देखासिकीले प्रभाव पारेको हुदाँ स्थानिय क्षेत्रमा भएको मठ मन्दिरको पर्वधनमा जोड दिनुपर्ने उपाध्यक्ष घिमिरेले वताउनुभयो । देशमा अझै काम गर्ने जनशक्ति रहेको तर अवको केही समय पछि त्यो जनशक्ति नभएको हुदाँ समयमा नै कर्ममा ध्यान दिनुपर्ने घिमिरेले वताउनुभयो ।
संरक्षण समितीका अध्यक्ष काजीमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पालिकाका कार्यपालिका सदस्य वद्रिका घिमिरे, जानुका थापा, वडाध्यक्ष मणिभद्र वाग्ले, शिववहादुर रानाभाट, दीपक श्रेष्ठ, वडासदस्यहरु रमेश घिमिरे लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रमका प्रकाश विष्णुकुमार पारेका थिए भने कार्यक्रम संचालन समितीका सचिव सन्तकुमार श्रेष्ठले गरेका थिए ।
सोही कार्यक्रममामा उपाध्यक्ष वालकृष्ण घिमिरेले कृषकलाई अनुदानको सहि सदुपयोग गर्न कृषकहरुलाई आव्हान गर्नुभयो ।
कार्यक्रममा पालिकाका प्रमुख प्रशासकिय अधिकृत जितराज राना, वडा नं ४ का वडाध्यक्ष दीपक श्रेष्ठ पशु शाखाका प्रमुख डा विनय शाह लगायतले यसको महत्व र उद्येश्यका वारेमा प्रकाश पारेका थिए । माछाको भुरा नेपाल कृषि अनुसन्धान केन्द्र वेगनास, पोखरावाट खरिद गरिएको हा
पशु चिकित्सक एव पशु सेवा शाखाका प्रमुख डा. विनय शाहका अनुसार तालिममा बाख्रा पालनका लागि स्थानिय स्रोत साधनवाट खोरको निर्माण, घाँस खेती र अन्य आहार व्यवस्थापन, हाडनाताको सम्वन्ध, घरेलु उपचार विधि, आन्तरिक तथा वाह्य परजीवि नियन्त्रण, रोगी तथा निरोगी बाख्राको पहिचान र खोपको वारेमा तालिम जस्ता विषयमा कृषकलाई प्रशिक्षित गर्ने उद्देश्य रहेको छ ।
कार्यक्रमका विशिष्ट अतिथी पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरे, पालिकाका प्रमुख प्रशासकिय अधिकृत जित वहादुर राना, पशु चिकित्सक एव पशु सेवा शाखाका प्रमुख डा. विनय शाह, प्राविधिक रचना घिमिरे, दिवस पौडेलले लगायतले मन्तब्य राखेका थिए ।
सम्पदा संरक्षणमा म्याग्दे गापाको चासो
previous post