Tanahun Awaj
Uncategorized

शिवकालिका सहकारीको प्रशिक्षण

दमौली स्थित शिवकालिका वचत तथा ऋण सहकारी संस्थाले एक दिने प्रशिक्षण एवं अन्तरक्रियाको आयोजना गरेको छ ।
संस्थाका अध्यक्ष पूर्णबहादुर क्षेत्रीको अध्यक्षता एवं व्यास नगरपालिका उपप्रमुख इन्दिरा दरैको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा राष्ट्रिय सहकारी वैंक दमौली शाखाका प्रमुख उपेन्द्र दाहालले सहकारीका नीति नियमका बारेमा सहभागीलाई जानकारी गराएका थिए । रामभक्त घिमिरेले प्रशिक्षण दिएको कार्यक्रममा संस्थाका लेखा संयोजन विष्णुभक्त न्यौपानेले देशको आर्थिक विकासमा सहकारीको महत्व र आवश्यकता बारे जानकारी गराएका थिए ।
तालिम संयोजक बाबुराम बगालेले प्रशिक्षण एवं अन्तरक्रिया कार्यक्रमको आवश्यकता बारे जानकारी गराएका थिए भने सहभगीहरुलाई संस्थाकी महिला उपाध्यक्ष रिमा आलेले स्वागत गर्नुका साथै उपाध्यक्ष बेलबहादुर रानाभाटले प्रमुख अतिथी, अतिथी एवं सहभगीलाई स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव दीपक न्यौपानेले गरेका थिए ।

Related posts

मिलेर विपत्तिको समना

admin

दमौलीमा पनि अनसन

admin

२०८० भाद्र १४ को तनहुँ आवाज साप्ताहिक

admin