Tanahun Awaj
समाचार

पाँच सरकारले दिए विदा

तनहुँ/जिल्लाका पाँच स्थानीय सरकारले मगर दिवसमा सार्वजनिक विदा दिएका छन् । फागुन १५ गते मगर दिवस परेको थियो । सो दिनलाइ म्याग्दे, देवघाट, बन्दिपुर, ऋषिङ्ग र भिमादले सार्वजनिक विदा दिएका थिए । म्याग्दे गाउँपालिकाको कूल जनसंख्या बाइस हजार पाँच सय मध्ये सात हजार एक सय मगर समुदायको वस्ती रहेको छ । त्यसैगरी देवघाटमा बन्दिपुर, ऋषिङ्ग र भिमादमा पनि मगर समुदायको वस्ती अधिक रहेको छ । आफ्नो भेषभुषमा सजिएर उल्लासमय वातावरणमा मगर दिवस मनाएका मगर समुदायलाइ स्थानीय सरकारले दिएको सर्वाजनिक विदाले थप उत्साहित तुल्याएको महसुस गरेका थिए ।

Related posts

प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२: घण्टी चर्काे बज्यो, रुख मुर्झायो,सूर्य र ताराको चमक हरायो

Deepak Joshi

विद्यालयको जग्गा हडप्ने विरुद्ध मुद्दा दायर

admin

न्यौपानेको फेरी मेयर बन्ने इच्छा

admin