दमौली/मंसिर–४ मा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन तर्फ तनहुको सबै परिणाम प्राप्त भएको छ ।
निर्वाचन आयोगका अनुसार तनहुँमा रहेका दुइ प्रतिनिधि सभा तथा चार प्रदेश सभा निर्वाचन क्षेत्र मध्ये दुवै प्रतिनिधि सभा तथा चार मध्ये दुइ प्रदेश सभामा नेपाली कांग्रेसका उम्मेदबार निर्वाचित भएका छन् । बाँकी दुइ प्रदेश सभा निर्वाचन क्षेत्र मध्ये एकमा नेकपा एमालेका उम्मेदबार तथा एकमा नेकपा माओवादी केन्द्रका उम्मेदबार विजयी भएका छन् ।
आयोगबाट प्राप्त विवरण अनुसार प्रतिनिधि सभा क्षेत्र नं १ मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल २५ हजार ३६१ मत ल्याएर विजयी भएका छन् । ७८ वर्षिय पौडेलका निकटतम प्रतिद्धन्दी एमालेका एकबहादुर रानाले १९ हजार ९८१ मत पाएका थिए । कैची निर्वाचन चिन्ह लिएर स्वतन्त्र उम्मेदबारका रुपमा उठेका कांग्रेस पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले छ हजार ८८६ मत पाए ।
प्रदेश सभा १(१)मा नेपाली कांग्रेसका अशोककुमार श्रेष्ठ विजयी भए । १५ हजार ३९२ मत ल्याएर विजयी ५९ वर्षिइ श्रेष्ठको निकटतम प्रतिद्धन्दी एमालेका रामबहादुर गुरुङ ११ हजार २७२ मत पाए । यहाँ राप्रपाका विवेक न्यौपने तेस्रो भए । प्रदेश सभा १(२)मा माओवादीका हरिबहादुर चुमान विजयी भए । ५९ वर्षिय चुमानले १३ हजार २८३ मत पाउँदा उनका निकटतम प्रतिद्धन्दी एमालेका पूर्णबहादुर गुरुङले १० हजार ५१९ मत पाए । यो क्षेत्रमा राप्रपाका राजु गोतामे तेस्रो भए ।
प्रतिनिधि सभा क्षेत्र नं २ मा नेपाली कांग्रेसका शंकर भण्डारी ३० हजार ६०४ मत सहित विजयी भए । ५४ वर्षिय भण्डारीले एमालेका किरण गुरुङलाई पाँच हजार ४७४ मत अन्तरले पराजित गरेका हुन् । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका विजय जोशी पाँचहजार ३७३ सहित तेस्रो भए । प्रदेश सभा तर्फ २(१)मा एमालेका ६३ वर्षिय नेता श्यामराजा महत १५ हजार ६६५ मत सहित विजयी भए । उनका निकटतम प्रतिद्धन्दी माओवादी केन्द्रका राजेन्द्र केशरी न्यौपानेले १३ हजार ८९९ मत पाए । यो क्षेत्रमा राप्रपाका रेशमराज अधिकारी तेस्रो भए । उता २(२) मा नेपाली कांग्रेस तनहुँका सभापति समेत रहेका जनजाति नेता जितप्रकाश आले विजयी भए । ६० वर्षिय नेता आलेले १३ हजार ८६० मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका केदार सिग्देलले १३ हजार २२० मत
पाए । यो क्षेत्रमा राप्रपाकी श्यामकुमारी राई तेस्रो भईन् ।
समानुपातिक तर्फ कांग्रेस पहिलो , एमाले दोस्रो तथा रास्वपा तेस्रो समानुपातिक तर्फ तनहुँमा नेपाली कांग्रेस पहिलो पार्टी हुन सफल भएको छ । उसले प्रतिनिधि सभा तर्फ सबैभन्दा धेरै ४२ हजार २६२ मत पाएको छ भने एमालेले ३८ हजार ९४६ मत पाएको छ ।
तस्रो बनेको राष्ट्रिय स्वतन्त्र पार्टीले २२ हजार ९०२ मत पाएको छ । यसैगरी प्रदेश सभा तर्फ कांग्रेसले ४८ हजार ७१७ मत प्राप्त गरेको छ भने एमालेले ४४ हजार ११८ मत प्राप्त गरेको छ । प्रदेश सभामा भने माओवादी केन्द्र तेस्रो भएको छ ।
उसले प्रदेश सभाको समानुपातिक तर्फ १२ हजार ७८२ मत पाएको निर्वाचन आयोगले जनाएको छ ।
तनहुँका सबै क्षेत्रको नतिजा सार्वजनिक-कांग्रेस ४, एमाले र माओवादी १–१ स्थानमा विजयी
previous post