कार्तिक महिनाको तेस्रो साता अर्थात गएको साता तनहुँको राजनीतिमा गोविन्दराज जोशीको पक्षमा जनमत जाला भन्ने त्रासले सामाजिक सञ्जालदेखि विभिन्न सञ्चार माध्यमहरु गर्माएको पाइयो । विभिन्न अडकलबाजीमा प्रकाशित समाचार टिप्पणीले नेपाली काँग्रेसका नेताहरुलाई प्रेस विज्ञप्ति नै निकालेर स्पष्टीकरण दिन बाद्य बनाइयो । त्यो विज्ञप्तिलाई पनि आवश्यकता भन्दा बढी स्थान सामाजिक सञ्जाल र सञ्चार माध्यमहरुमा दिइयो । चियागफ, प्रचार प्रसारका भाषणहरुमा त्यो मसला थपियो । लहलहैमा तनहुँको राजनीतिक सञ्चारले चुनावी गतिविधिलाई तताईदियो ।
काँग्रेस मतदाताको विश्लेषणः
नेपाली काँग्रेसको मतदातामा काँग्रेसको संस्थागत विकास गर्ने गोविन्दराज जोशी हो भन्ने विश्लेषण व्याप्त छ । यो यथार्थलाई ढाकछोप गर्नु भनेको घामको उज्ज्यालोलाई हत्केलाले छेक्नु जस्तै हो । नेपाली काँग्रेस तनहुँको क्षेत्र नं. १ मा नेपाली काँग्रेसको पार्टी कार्यालय बनाउने तनहुँमा गोविन्दराज जोशीको पहिलो र एक्लो अग्रसरता थियो भन्ने कुरामा आमकाँग्रेस कार्यकर्ता जानकार छन् । नेपाली काँग्रेस तनहँु जिल्लाको पार्टी कार्यालयका लागि भवन खरिद गर्ने पहिलो र एक्लो प्रयास पनि गोविन्दराज जोशीकै थियो । त्यति बेला नेपाली काँग्रेसको भवन खरिद गर्दा चन्दा नदिन र दिएमा कारवाही गर्ने आव्हान सहितको चेतावनी दिनेहरुले अहिले गोविन्दराज जोशीलाई पार्टीबाट निकालेर लोकतन्त्र, बहुदलीय प्रणालीको विरुद्ध सत्ताकेन्द्रित गठबन्धन गरेर काँग्रेसको पहिचान मेटेको पनि त स्वाभिमान सिद्धान्तनिष्ठ काँग्रेस कार्यकर्ताहरुले विश्लेषण गरेकै छन् । ति स्वाभिमानी काग्रेस कार्यकर्ताहरुलाई यो पनि थाहा छ कि आज गोविन्दराज जोशीलाई काँग्रेसबाट निकाल्ने शेरबहादुर नेतृत्वको काँग्रेस कार्यकर्ताहरुले रजगज गरेको पार्टीको केन्द्रिय कार्यालय बनाउने आँटपनि गोविन्दराज जोशीकै थियो । काँग्रेसलाई कमजोर बनाउने ग्राण्डडिजाईनमा गोविन्दराज जोशी, खुमबहादुर खड्का लगायतका नेताहरुलाई निर्णय नै गर्न नसक्ने झुट्टा मुद्धा लगाएर भण्डै २०औै बर्ष नेपाली राजनीतिबाट बाहिर राखिँदा काँग्रेसको अस्तित्व नै समाप्त भयो भनेर सत्तास्वार्थको आस र त्रासमा नबाँचेका काँग्रेसजनले विश्लेषण गरेकै छन् । ति मतदाताले गोविन्दराज जोशीले पाएको चुनाव चिन्ह कैचीमा मतदान गर्दा अखवारी हल्ला जस्तो घेरावन्दी हुँदैन । लोकतन्त्रको वास्तविक अभ्यास हुन्छ ।
आमतनहुँवासीको बुझाईः
आमतनहुँवासीको समस्याको रुपमा रहेका ४० भन्दा बढी अस्थायी माध्यमिक विद्यालयहरु थिए । जनताले पैसा उठाएर धरौटी राखेर माध्यमिक विद्यालय सञ्चालनमा ल्याउन र शिक्षकलाई तलब ख्वाउन परेको थियो । आमतनहुँवासीको समस्या बुझ्ने उनै गोविन्दराजा जोशी थिए जस्ले एउटै निर्णयबाट सबै अस्थायी माध्यमिक विद्यलायहरुलाई एकै चोटी स्थायी स्वीकृति दिलाए । आफ्नै घरमा बसेर, आमाले पकाएको खाएर त्यही विद्यालयमा पढेर सुखद भविष्यको पदचाप पहिल्याएका जनशक्तिले आफ्नो आत्मालाई साक्षी राखेर मतदानको निर्णय गर्दा अखबारी हल्ला जस्तो तालमेल हुँदैन । स्कूल चाहिएको ठाउँमा स्कूल माग्ने प्रक्रिया सिकाएर बोलाएर स्कूल दिने, बाटो चाहिएको उपभोक्तालाई योजना माग्ने तरीका सिकाएर बोलाएर बाटोको लागि बजेट पारिदिने । समग्र तनहुँ जिल्लाको दूरगामि विकासको मार्गचित्र कोर्ने, प्राविधिक शिक्षक उत्पादन गर्ने पश्चिाञ्चलस्तरको शिक्षक तालिम केन्द्र दमौलीमा, व्यवासयीक दक्षता प्रदान गर्ने शिक्षालय भिमादमा र क्षेत्रीय स्तरको सशस्त्रको गण भानु नारेश्वरटारमा पारेर व्यापार बढाउने, घरघडेरीको मूल्य बढाउने, रोजागरी सिर्जना गराउने नेता भनेर तनहुँमा आममतदाताले गोविन्दराज जोशीलाई चिनेका छन् । पोखराको मणिपाल शिक्षण अस्पतालको स्वीकृति दिंदा तनहुँको दमौलीमा ५० बेडको अस्पताल बनाउने सम्झौता गराउने गोविन्दराज जोशीले आदिकवि भानुभक्त क्याम्पसलाई सरकारी क्याम्पसको स्वीकृति लिन बोलाउँदा नगएका कारण आजसम्म दमौलीले सुविधा सम्पन्न अस्पताल र सरकारी क्याम्पस नपाएको आमतनहुँबासीको बुझाई रहेको छ । तनहुँका स्वाभिमान सचेत मतदाताले विवेक प्रयोग गरेर मतदान गर्दा शंंकर भण्डारी र हरिबहादुर चुमानको निर्देशनमा मतदान गर्दैछन् भनि हल्ला चल्नु ती मतदाताको अपमान हो ।
सर्वपक्षीय मतदाताको विश्वासिलो उम्मेदवार
तनहुँका मतदाताले सत्ताकेन्द्रित गठबन्धनको राजनीतिलाई विश्लेषण गर्न सक्दछन् । उनिहरुले बचनको पक्का नेता भनेर गोविन्दराज जोशीलाई गणना गरेका छन् । गोविन्दराज जोशीलाई चुनाव जिताएर संसदमा पठाउन सके क्षेत्र नं. १ को मात्रै होइन, समग्र तनहुँकै विकास गर्न सक्दछन् भनेर सर्वपक्षीय मतदाताले जोशीको विगतको कार्यबाट निष्कर्ष निकालेका छन् । निरन्तर २० बर्ष लखेटिदा पनि अविचलित रुपमा सत्तास्वार्थका लागि कुनै सम्झौता नगरी देश, जनता र नेपाली मौलिक पहिचान र स्वाभिमानको पक्षमा उभिएको नेता गोविन्दराज जोशी मात्र हो । झुटो मुद्धा २०औं बर्ष झेलेर पनि तनहूँवासीको सुख दुःख र सेवामा समर्पित नेता गोविन्दराज जोशी नै हो । सबभन्दा बढी तनहुँबासीलाई शिक्षक, प्रहरी, अनुसन्धान, सिटीभिटी र खेलकूद परिषद लगायतका थुप्रै क्षेत्रका रोजगारीमा बहाली गर्ने नेता गोविन्दराज जोशी नै हो । २० बर्ष जनताको प्रतिनिधित्वबाट बाहिर पारिदा तनहुँले काम गर्न सक्ने, जिल्लाको विकाशका लागि बजेट पार्न सक्ने नेता नपाएको निष्कर्षमा पुगेका सर्वपक्षीय मतदाताको विश्वास आर्जन गरेका गोविन्दराज जोशीले पाएको चुनाव चिन्ह कैचीमा मतदान गर्नु सर्वपक्षीय विकासप्रेमी मतदाताको मौलिक अधिकार हो ।
सतीले सरापेको देश
नेपाललाई सतीले सरापेको देश भनिन्छ । भिम मल्लको कुटनीतिक क्षमताले भोटसंग नेपालको हितमा सन्धी गरेर दरवार प्रवेश गर्दा सुनाउँनै नदिई झुटो आरोप लगाई हत्या गरिएपछि उनकी पत्नीले यो देशको भलो चाहने सबैको यही गती होस् भनेर सराप दिएकी थिइन रे । लाउडा, धमिजा, चाईना साउथ एयरवेज, सुडान, ७० करोडको प्रिन्टिङ्ग मेसिन, ३३ किलो सुन, वाईडवडी, ललिता निवास, अयोग्य लडाकुका नाममा निकासा भएको बजेट, कोरोनाको खोप जस्ता थुप्रै काण्डमा प्रमुख अभियुक्तलाई उन्मुक्ति दिलाइएको नेपाल राज्यसंयन्त्रले दशबर्षे सशस्त्र विद्रोहलाई शान्ति प्रक्रियामा ल्याएर २०४७ सालकै सविधान अन्तरगत राजनीतिको मूल प्रवाहमा समाहित गराउनै लागेका योजनाकार गोविन्दराज जोशीलाई भिम मल्लकै नियती भोगाउँदै झुटो मुद्धा लगाएर बीसौं बर्ष फैसला हुन नदिएर रोकेको तनहुँका आममतदाताबाट छिपेको छैन ।
निष्कर्षः
शंकर भण्डारी, गोविन्द भट्टराई, प्रदीप पौडेल, ध्रुब वाग्ले, रामचन्द्र पोख्रेल, रघुनाथ पौडेल, कृष्णप्रसाद गौतम लक्ष्मी आचार्य, यमबहादुर आले, लगायतका थुप्रै कार्यकर्ताको राजनीतिक भविष्यले तितरवितर, अलमल र आकाशको फल आँखातरी मरको दुदर्शाको नियती गोविन्दराज जोशीको राजनीतिक स्वार्थले भोग्नु परेको होइन । नेपालको पहिचान बनेको सनातन हिन्दु धर्म सहितको धार्मिक सहिष्णुता, नेपालको जनसंख्या भन्दा बढी विदेशीलाई नेपाली नागरिकता बाँड्ने नीतिको विरुद्धमा र नेपाली मौलिक पहिचान सहितको स्वाभिमानको पक्षमा उभिँदा वी.पी. लाइ असफल बनाइयो । गणेशमान सिं र कृष्णप्रसाद भट्टराईलाई आफैले जन्माएको पार्टी सदस्यता त्याग्न बाद्य पारियो । महेन्द्र, विरेन्द्र र मदन भण्डारीहरु मारिए ।
दलगत पहिचान समाप्त भएका बेला, सबै दलले सबै दलको चुनाव चिन्हमा मतदान गर्न आव्हान गरेका बेला चलचित्रको माध्यमबाट नेपाल र नेपाली स्वाभिमान उच्च बनाउने पल शाह, क्रिकेटरको रुपमा नेपाली पहिचानलाई विश्वको खेलकूद मैदानमा पु¥याउने सन्दीप लामिछानेलाई फँसाईए जस्तै षडयन्त्रबाट २०औं बर्ष अन्यायमा पारिएका गोविन्दराज जोशीलाई न्याय दिलाउन तनहुँ क्षेत्र नं. १ का मतदाता स्वतःस्फूर्त रुपमा कैची चिन्हमा विवेकपूर्ण मतदान गर्ने निष्कर्षमा पुगेका हुन् । अन्य प्रचारात्मक अनुमान र अड्कलबाजी त भ्रमपूर्ण तर्कवितर्क मात्र हुन् ।
जोशी पक्षको जनमतले गर्माएको राजनीतिक सञ्चार
previous post