30.2 C
Damauli
October 7, 2026
Tanahun Awaj
समाचार

क्षेत्र नं. १ मा साँढेजुधाई

दमौली/आसन्न मंसिर ४ गते हुने भनिएको संघीय निर्वाचनमा मतदाता समक्ष प्रचार अभियानलाई पु¥याउन, चुनाव प्रचारलाई प्रभावकारी तुल्याउन चुनाव प्रचार प्रसार समिति गठन गर्ने क्रममा स्वतन्त्र उम्मेदवार नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री गोविन्द राज जोशी अगाडि रहेका छन् । जोशीले आईतवार बृहद भेलाबाट पाँच सय एक सदस्यीय चुनाव प्रचार प्रसार समिति गठन गर्ने उद्घोष गरेर आफ्नो तयारीलाई सबैभन्दा अगाडि प्रस्तुत गरेका छन् ।
तनहुँको क्षेत्र नं. १ बाटै चुनाव लड्ने शुरसार कसेका रामचन्द्र पौडेल पनि जोडतोडका साथ गाउँ टोलवस्तीमा पुगेर प्रचार प्रसार गरिरहेका छन् । राष्ट्रको राजनीतिक ध्यान आकृष्ठ गर्ने गरी यी दुई नेताको चुनावी गतिविधिले यस पटकको संघीय निर्वाचनमा साँढेको जुधाईमा अन्य स्वतन्त्र बाच्छाहरु मिचाईमा पर्छन कि बाजी मार्छन परिणाम पर्खन पर्नेछ ।
२१ बर्ष सत्ता बाहिर पारिएका गोविन्दराज जोशीको तुलनामा २०४७ सालदेखि निरन्तर सत्तास्वार्थको स्वाद लिएर पनि आफूले नेतृत्व गरेको समूहलाई चटक्कै छोडेर शेरबहादुरको कार्यकर्ता बन्न पुगेका रामचन्द्र पौडेल कमजोर उम्मेदवार भएको टिप्पणी शुरु भएको छ । आफूलाई भावि प्रधानमन्त्री प्रचार गराएका भएतापनि प्रधानमन्त्री बन्ने हैसियत देउवाको कार्यकर्ता बनेर पौडेलले गुमाईसकेको चर्चा मतदाताहरु माझ चल्न थालेको छ । पौडेलेको भन्दा बढी आरजुको नाम प्रधानमन्त्रीका रुपमा चर्चामा ल्याइएको तथ्यले पनि सो चर्चालाई पुष्टि गरेको छ ।

Related posts

नभत्काई निर्माण हुँदैन भन्ने लोकोक्तिको धरातलमा वर्तमान सरकारको १८ बुँदे प्रतिबद्धता पत्र

Deepak Joshi

व्यासको तीन वर्षे उपलब्धि

admin

सत्यवती मा.वि. दमौलीमा मुटु परिक्षण गरिदै

admin