आज भाद्र शुक्ल पक्षका पञ्चमी तिथी अर्थात ऋषिपञ्चमी । यो दिन हिन्दु धर्मावलम्बीहरु शरीरशुद्धिका लागि ३६५ अपमार्गको दतिवन गरेर ३६५ पटक नै शरीरमा माटो दलेर नुहाउने गर्दछन् । यसरी शुद्ध भएको शरीर लिएर शुद्ध आत्माका साथ कश्यप, अत्री, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नी र वशिष्ट आदि सप्तऋषिको पुजा आराधना गर्दछन् । माथि नाम उल्लेख गरिएका ऋषिहरु हाम्रो ज्ञानका स्रोतहरु थिए । त्यसले उनीहरुको पुजा आराधना गरिएको हो ।
हिजो भने देशभर १५ औं पुस्तकालय दिवस मनाइयो । पुस्तकालयको महत्व र आवश्यकता आम मानिसलाई बुझाउन यो दिवसले मद्दत गर्ने आशाले यो दिवस मनाउन थालिएको हो । र आशा गरौं १५ आंै पुस्तकालय दिवसले पुस्तकालयको महत्व बुझाउन थप मद्दत पु¥यायो । कतिपयलाई लाग्न सक्छ, पुस्तकालयको के त्यस्तो महत्व छ र देशभर दिवसकै रुपमा मनाउनु पर्ने ? पुस्तकको अर्थ ‘किताब’ र आलयको अर्थ ‘घर’ भन्ने हो । यसरी पुस्तकालयको अर्थ पुस्तक राख्ने घर हुन जान्छ । यसलाई यसरी अथ्र्याउन पनि सकिन्छ, कि पुस्तकालय भनेको ज्ञानको भण्डार हो । हामीले सुनेका देखेका र भोगेका छौं कि विद्यारुपि धनको ठूलो महत्व
छ । त्यसैले ज्ञान आर्जन गर्नु जरुरी छ र त्यसका लागि पुस्तक चाहिन्छ । अनि पुस्तकलाई जतनपूर्वक राख्न पुस्तकालय । जसरी एउटा घरमा धेरै मानिसहरु वस्छन्, त्यसरी नै पुस्तकालयमा धेरै पुस्तकहरु हुन्छन् । कुनै पुस्तकले हामीलाई इतिहासको ज्ञान दिन्छन् त कुनै पुस्तकले भुगोलको अनि कुनै पुस्तकले सभ्यता र संस्कृतिको । पुस्तकले दिने ज्ञानको क्षेत्र कहाँ यतिमात्र हो र ? पुस्तकले त हामीलाई जीव, वनस्पती, धर्म, विज्ञान, गणित, समाज लगाएत विषयमा समेत ज्ञान दिन्छ । कतिपय पुस्तकको सहायताले हामी आफुलाई चिन्न सक्षम हुन्छौं अर्थात आफुभित्र भएको क्षमतालाई चिन्न पुस्तकले सघाउँछ र हामी आफ्नो लक्ष्यमा पुग्न सक्षम हुन्छौं ।
जहाँ जतिबेला र जुनसुकै अवस्थामा भएपनि हामीलाई ज्ञानरुपि उज्यालो प्रदान गर्न तत्पर भएर रहने विनम्र साथी पुस्तकको महत्व चार लाईनको यो सम्पादकीयमा उल्लेख गर्न सम्भव छैन । तर के अपेक्षा गरौं भने त्यो विनम्र साथीलाई घर ल्याउने प्रेरणा हामीलाई यो पुस्तकालय दिवसले प्रदान गरोस् । यसो भएमा हाम्रो ज्ञानको दायरा फराकिला हुँदै जान्छ र हामीलाई थाहा छ ज्ञानको दायरा फराकिलो भएका मानिस सदा सुखी
रहन्छ । सुख भित्र्याउने चाह हामी सबैमा पलाओस्, यही कामना ।
पुस्तकको महत्व आत्मसाथ गरौं-सम्पादकीय
previous post