म्याग्दे/तनहुँ समाज हङकङ र मुलाबारीका युवाहरुको संयुक्त पहलमा एक मृगौला पीडितलाई सहयोग गरिएको छ । तनहुँको म्याग्दे–५ मुलाबारीकी ४४ वर्षीया नरमाया थापाले सो सहयोग प्राप्त गरेकी हुन् । मृगौला विरामी थापाले झण्डै साढे छ लाख बराबरको नगद आर्थिक सहयोग प्राप्त गरेको स्थानीय गंगाबहादुर थापाले जनाएका छन् । विरामी थापालाई तनहुँ समाज हङकङका निवर्तमान अध्यक्ष भिमराज गुरुङले बुधार हस्तान्तरण गरेका थिए ।
पहिलो चरणमा तीन लाख त्रिपन्न हजार चार सय २५ रुपैयाँ र दोस्रो चरणमा दुई लाख सत्चालीस हजार पाँच सय संकलन गरिएको थियो ।
‘नरमायाका श्रीमान हिमबहादुर थापाबाट पत्नी बिरामी भएको खबर पाएपछि ०७८ चैतदेखि हामीले नरमाया बचाउ अभियान थालेका हौं’ गंगाबहादुरले भने । यस अभियानमा भुरुङ्गे मगर समाज लगायत ८२ जना स्थानीयहरुले सहयोग गरेको थापाले जानकारी दिए ।
तनहुँ समाज हङकङका सांस्कृतिक संयोजक विपिन थापाको संयोजकत्वमा संकलन भएको रकम पनि आजै पीडित थापालाई हस्तान्तरण गरिएको छ ।
विभिन्न सिलसिलामा हङकङ पुगेका ४१ जना नेपालीहरुको सहयोगबाट संकलन भएको दुई लाख नौ हजार चारसय तीस थापालाई हस्तान्तरण गरिएको हो । रकम हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै तनहुँ समाज हङकङका पुर्व अध्यक्ष भिमराज गुरुङले सहयोग रकम विरामीको उपचारमा खर्च हुने विश्वास गरे । हङकङ निवासी तनहुँका दाजुभाइ दिदिबहिनीहरुले आफ्नो ठाउँमा विपद् परेका बेला विगत देखि नै सहयोग गर्दै आएको गुरुङले बताए ।
०७८/०७९ सालदेखि विभिन्न स्वास्थ्य समस्याबाट ग्रसित बनेकी ४४ वर्षीया थापाको मृगौला प्रत्यारोपण गर्न चिसित्सकहरुले सल्लाह दिएका छन् । केही दिनमै उनको प्लामा थेरापी विधिद्धारा दुबै मृगौला प्रत्यारोपण गर्न २५ देखि ३० लाख सम्म खर्च लाग्ने नरमायाँका पतिले बताए । पत्नीको उपचारका लागि ‘केही रकम आफैले व्यवस्थापन गरेको छु , केही आफन्तबाट र केही त्यस्तै सहयोगी दाताहरुबाट सहयोग रकम प्राप्त भएको छ ।’ नरमायाँका पतिले बताए ।
तनहुँमा बिगतदेखि नै समाजिक सेवा गर्दै आएको समाजले नेपाली दुख पीडामा परेको खबर आउना साथ हङकङमा विभिन्न सिलसिलामा पुगेका नेपालीहरुसँग समन्वय गरी आफ्नो कमाइबाटै सहयोग रकम पठाउदै आएको तनहुँ समाज हङकङका कार्यक्रम संयोजक प्रदीप काफ्लेले जानकारी दिए ।
समाजले भुकम्पपछिको पूननिर्माण, बाढी पहिरो जस्ता दैवि प्रकोपबाट पीडित, विभिन्न स्वास्थ्य समस्याबाट पीडितलाई सहयोग गर्नुका साथसाथै तनहुँको शिक्षा, स्वास्थ्य र खानेपानी, सञ्चार सम्बन्धि पूर्वाधार बिकास तथा प्रवद्र्धनमा समेत योगदान गरेको काफ्लेले बताए ।
मृगौला पीडित महिलालाई तनहुँ समाज हङकङ र मुलाबारीका युवाहरुको सहयोग
previous post