28.8 C
Damauli
October 9, 2026
Tanahun Awaj
Uncategorized

नेताको सम्वेदनशिलता

दमौली/कोभिड–१९ बाट संक्रमित मतदाताप्रति नेताहरुले सम्वेदनशिलता देखाएका छन् । पछिल्लो पटक नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले तनहुँका दश पालिका र लम्जुङ्गको एक पालिकालाई कोभिड–१९ सुरक्षा सामाग्री उपलब्ध गराएर यो सम्वेदनशिलता देखाएका हुन् ।
यस अघि काँग्रेसका अर्का नेता प्रदीप पौडेलले पनि एक व्यक्ति एक मास्कको अभियान गाउँ गाउँसम्म पु¥याउन तरुण दलको सञ्जालको सहयोग लिएका थिए ।
यस अघि नेता शंकर भण्डारीले पनि कोरोना सुरक्षा सामाग्री उपलब्ध गराएका थिए ।
उल्लेखित नेताहरु गएको निर्वाचनमा जनमत पाउन नसकेका नेताहरु हुन् ।
जनमत पाएका नेताहरु कृष्णकुमार श्रेष्ठ, केदार सिग्देल, किरण गुरुङ्ग, हरिबहादुर चुमान, आशा खनाल, रामबहादुर गुरुङ्गहरुले दुःखमा परेका मतदाताहरुप्रति कसरी सम्वेदनशिलता प्रकट गर्ने हुन आममतदाताले प्रतिक्षाका आँखाले हेरिरहेका छन् ।

Related posts

अमेरिकाबाट फर्किएका तनहुँ का ईञ्जिनियर दीपक राज जोशी पनि प्रतिष्पर्धामा “

admin

डेढ लाख सहित सब इन्जिनियर समातिए

admin

सामुदायिक विद्यालयको नतिजाका कुरा

admin