दमौली/ कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान तनहुँको अध्यक्षमा व्यास–१ का नारायणप्रसाद अधिकारी सर्वसम्मत चयन भएका छन् । प्रतिष्ठानको शनिबार सम्पन्न छैटौं साधारण सभा तथा तेस्रो अधिवेशनले अधिकारीलाई अध्यक्षमा चयन गरको हो । प्रतिष्ठानकी उपाध्यक्षमा म्याग्देकी सिता अधिकारी, सचिवमा म्याग्दै कै लक्ष्मण अधिकारी, सह–सचिवमा आँबुखैरेनीकी पूर्णकला अधिकारी तथा कोषाध्यक्षमा व्यासकी सरस्वती अधिकारी चयन भएका छन् । यसैगरी सदस्यहरुमा नेत्र अधिकारी व्यास, शोभा अधिकारी म्याग्दे चयन भएका छन् । ११ सदस्य रहने प्रतिष्ठानको बाँकी सदस्य तनहुँका अन्य पालिकाबाट मनोनयन गर्न सहमति भएको नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद अधिकारीले जानकारी गराएका छन् । अधिवेशनले टुकराज अधिकारी र सन्देश अधिकारीलाई केन्द्रीय प्रतिनिधि चयन समेत चयन गरेको छ ।
कश्यप गोत्रीय अधिकारीको नयाँ नेतृत्व चयन
previous post