Tanahun Awaj
Uncategorized

बाह्रौं साधारण सभा सम्पन्न

दमौली/नेपाल पत्रकार महासंघ तनहुँ शाखाको साधारण सभा मंगलबार दमौलीमा सम्पन्न भएको छ । व्यास नगरपालिकका नगरप्रमुख बैकुण्ठ न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा महासंघका पूर्व अध्यक्षहरु विश्वबन्धु भण्डारी, मुक्तिनाथ आचार्य, प्रदीप काफ्ले, प्रेमप्रसाद पौडेल, डम्बर अधिकारी र प्रकाशचन्द्र भट्टराईलाई विभिन्न पत्रकारीता पुरस्कारबाट पुरकृति गरिएको थियो । सो अवसरमा तनहुँ आवाज साप्ताहिकका संस्थापक सम्पादक कमलामोहन÷वर्तामायाँ वाग्ले दम्पत्तिले पिता चिरिञ्जीवी माता हरिमायाँ वाग्लेको नाममा अदालत तथा वातावरणको क्षेत्रमा कलम चलाउने पत्रकारलाई पुरस्कृत गर्ने गरी एक लाख ११ हजार एक सय ११ रुपयाँको अक्षयकोषको स्थापना गरेका छन् । त्यसै गरी महासंघका पूर्व अध्यक्ष प्रदीप काफ्लेले पनि आफ्ना सहकारी आन्दोलनका अगुवा आफ्ना पिता पुरुषोत्तम काफ्लेको स्मृतिमा एक लाख रुपयाँको अक्षयकोष स्थापना गरेको सो अवसरमा घोषणा गरेका छन् ।

Related posts

अदालतका सेवाग्राहीले थाहा पाउनै पर्ने कुरा

admin

महायज्ञको सफलताको कामना

admin

ई फर इलाफेन्ट कि एलिफन्ट ?

admin