
अप्सरा भट्टराई
ऋषिङ/सहास(सहयोगी हातहरुको समूह) नेपालले ऋषिङ–५ का किसानलाई मकै छोडाउने हाते ढुङ्ग्रो वितरण गरको छ ।
आवश्यक स्वास्थ्य सावधानी सहित मंगलबार बसेको गवादी कृषि समूहको नियमति बैठकमा उक्त साधारण यन्त्र वितरण गरिएको समूहका अध्यक्ष मनबहादुर आलेले जानकारी दिएका छन् । संस्थाकी कृषि प्राविधिक मिठुमायाँ थापाका अनुसार समूहमा आवद्ध २५ सदस्यका लागि ५ वटा मकै छोडाउने ढुङ्ग्रो वितरण गरिएको हो । यसले समूहका किसानको समय वचत हुनुका साथै मकै छोडाउने काम समेत सजिलो हुने विश्वास संस्थाको रहेको प्राविधिक थापाले बताईन ।
यसअघि संस्थाले समूहमा आवद्ध कमजोर आर्थिक अवस्था भएका दुइ सदस्यलाई बन्दाबन्दीका बेला राहात सहयोग समेत प्रदान गरेको थियो । यसका साथै संस्थाले जिविकोपार्जन सुधारका कार्यक्रम अन्तर्गत समूहका १७ सदस्यलाई प्रतिसदस्य ७ वटाको दरले लोकल कुखुराको चल्ला समेत वितरण गरको थियो । स्थानीय प्रयासमा जिविकोपार्जन सुधार परियोजना अन्र्तगत वडा नं ५ मा ६ वटा समूह गठन गरिएको र ति समूह मार्फत कृषिको माध्ममबाट जिविकोपार्जन सुधारका कार्यक्रम गर्दै आएको परियोजना अधिकृत गंगाराम थापाले बताए । सन् २०१९ को प्रारम्भबाट ऋषिङ गाउँ पालिकामा परियोजना सुरु भएको र वडा नं ५को लोचेडाँडालाई जलवायु अनुकुलन गाउँ बनाउने, वडा नं ८ को धारुङलाई मौसमि तथा बेमौसमी तरकारी खेतीको केन्द्र तथा वडा नं १ को गैराखुदीलाई बयर जातका बाख्राको श्रोतकेन्दैको रुपमा विकास गर्ने गरी कार्यक्रम सञ्चालन गर्न लागिएको साथै कार्यक्रमको दीगोपनको लागि समेत विभिन्न कार्यक्रमहरु सञ्चालन गरिने अधिकृत थापाले बताए ।